चलचित्रमा लिड रोल गर्ने तेस्रोलिंगी सन्ध्याको चहाना

चलचित्रमा लिड रोल गर्ने तेस्रोलिंगी सन्ध्याको चहाना

काठमाडौं (पहिचान) मंसिर २५

म सक्छु
फरक पहिचान भएकै कारण केही गर्न सकिदैन भन्ने उनलाई कहिल्यै लागेन । गर्न सक्छु र त्यो क्षमता ममा छ भन्ने मात्र उनलाई लाग्यो । त्यसैले उनी अहिले आफ्नो जीवन संघर्षमा अनवरत पाइला चालिरहेकी छन् । आँफु तेस्रो लिंगी भएकै कारण दबिएर बस्नुपर्छ र समाजमा गुमनाम रहनु पर्छ भन्ने उनलाई न कहिल्यै सोच आयो न त उनले आँफुलाई हिनताबोधमा फस्न नै दिइन् ।

तेस्रो लिंगी सन्ध्या लामा हुन् उनी । जो अहिले एबीसी च्यानलमा फरक पहिचान नामक टेलिभिजन सो गरिरहेकी छन् । हरेक बिहीबार साँझ साढे सात बजे अनएयर हुँदै आएको कार्यक्रम फरक पहिचानमा उनले समलिंगी तेस्रोलिंगीलाई उनीहरुको विगत, वर्तमान र अधिकार प्राप्तिका लागि गर्दै गरेको संघर्षका विषय उठान गर्दै आएकी छन् ।

अहिले समलिंगी तेस्रोलिंगीका विषयमा सोही समुदायका व्यक्तिलाई मात्र समावेश गर्दै आएकी उनले अब कलाकार, राजनीतिज्ञलाई पनि कार्यक्रमको अतिथिका रुपमा बोलाउने र समलिंगी तेस्रोलिंगीका विषयमा कुराकानी गर्ने योजना बनाइरहेकी छिन् । पत्रकारिता मार्फत नै यौनिक तथा लैगिक अल्पसंख्यकको अधिकारको क्षेत्रमा आफुलाई समर्पित गर्ने उनको योजना छ ।

sandhya-4

ऐना अगाडि महिला
जन्मिदा पुरुषका रुपमा जन्मिएपनि उनलाई समयचक्रले उनलाई तेस्रोलिंगी बनायो । सन्ध्या जतिपटक आफुलाई ऐना अगाडी उभ्याउछिन् उनी त्यति नै पटक आँफुलाई महिलाको रुपमा पाउछिन् । फरक यतिमात्र हो शरीरका केही अंगहरु मात्र उनीसँग पुरुषका लाग्छन् ।

उनलाई कसैले पनि पुरुष भन्दैन । त्यसो त पुरुष मात्र होइन तेस्रोलिंगी पनि कसैले भनेको छैन । तर जब उनी बोल्छिन् त्यतीबेला भने केही थोरैले मात्र उनी तेस्रोलिंगी हुन् की भनेर शंका गर्छन् । किन भने उनको स्वर तुलनात्मक रुपमा महिलाको भन्दा केही मोटो छ ।

उनलाई तेस्रोलिंगी भएकोमा उत्ति धेरै गुनासो छैन । उनको संधै एउटै गुनासो छ उनलाई गरिने संम्बोधन । तेस्रोलिंगी भनेकोमा पनि उनको चित्त दुखाई छैन । तर, जब कसैले छक्का, हिजडा जस्ता अपमानजनक शब्द विशेषणका रुपमा उनीसँग जोडिन्छ त्यसबेला भने उनलाई असह्य हुन्छ । उनलाई दिदी, बहिनी भनेर जिष्कायो भने उसलाई राम्रो लाग्छ । म जे देखिन्छु त्यही भनियो भने सन्धयालाई राम्रो लाग्छ ।

भाग्यमानी सन्ध्या

संविधानले तेस्रोलिंगीलाई अधिकार दिइसक्यो । फरक पहिचान भएकै कारण विभेद हुने छैन भनेर संविधानमै उल्लेख पनि भइसक्यो । अब यहि अनुसारको कानुन र ऐन बन्दैछ । त्यसपछि उनीहरुलाई कसैले विभेद गर्न त के भेदबाभको नजरले हेर्न पनि पाउने छैनन् ।

तर, आज पनि धेरै समलिंगी तेस्रोलिंगीहरु घरपरिवारसाग बस्न समेत पाएका छैनन् । उनीहरुको फरक पहिचान कै कारण उनीहरुलाई घरपरिवारले तिरष्कृत मात्रै होइन घरबाटै लखेटेको छ । वपहिचान लुकाऔं उकुसमुकस जिन्दगी खोलौं विभेद सँगै परिवार नै त्याग्नु पर्ने अवस्था । यो आम समलिंगी तेस्रोलिंगीको समस्या हो ।

तर, सन्ध्या यो मामलामा निकै भाग्मानी छन् । उनले आँफु तेस्रोलिंगी भएकै कारण न कहिल्यै विभदको नजर सामना गर्नु पर्यो नत घर नै छोड्नु पर्यो । बरु उनलाई सँधै परिवारको सर्पोट मात्रै गर्यो । उनले जव परिवारमा आँफु तेस्रोलिंगी भएको बताइन् उनलाई परिवारले बाल्यकाल देखी नै छोरीको स्वाभाव भएको भन्दै आँफ्नो स्वाभाव अनुसार नै रहन भन्यो ।

त्यसैले उनि भन्छिन्,“म त्यस्ता थोरै भाग्यमानी तेस्रोलिंगीहरु भित्र पर्छु जसलाई परिवारले विना सर्त खुला ह्रदयले स्वीकार गरेको छ ।” उनी अगाडी भन्छिन्,“मलाई बाबा आमाले नानी भनेर बोलाउनु हुन्छ । दाईहरुले पनि बहिनी भनेर बोलाउनु हुन्छ । त्यसैगरी सानीमा भनेर सम्वोधन गर्नु हुन्छ । यो अर्थमा म निकै भाग्यमानी छु ।”

sandhya-3

चलचित्रमा लिड रोलको चहाना
सानै देखी डान्स गर्न रुचाउने सन्ध्याले आजसम्म नृत्यको कुनै औपचारिक कक्षा लिएकी छैनन् । तर, उनलाई राम्रो डान्स गर्न आउछ । त्यसैले उनले भोजपुरी चलचित्रमा अभिनयसमेत गरिसकेकी छन् । भोजपुरी चलचित्र “किस्मत” र “जव प्यार कीयातो डरना किया” नामक दुईवटा चलचित्रमा उनको अभिनय छ । एउटामा उनको आइटम डान्स छ भने अर्कोमा छोटै भए पनि अभिनय ।

हेर्दा महिला जस्तै देखिने उनलाई धेरैले मोडल हो भनेर सोध्छन् । धेरैले मोड्लिंग गर्न र चलचित्रमा अभिनय गर्न पनि सुझाउछन् । उनलाई चलचित्रका लागि अफर नआएको पनि होइन तर, उनले अहिलेसम्म नेपाली चलचित्र भने खेलेकी छैनन् ।

घनश्याम खड्का द्वारा निर्मित चलचित्र “जय होस्” मा उनलाई अभिनय गर्न अफर आएको थियो । तर, उनले सामान्य रोलमा आँफुलाई पर्दामा उर्तान चाहिनन् । उनलाई चलचित्रमा मुख्य नायिकाको रोलमा अभिनय गर्ने रहर छ । यस्तो रोलमा भने सन्ध्या सँधै अभिनय गर्न तयार छिन् । आज सम्म नेपाली चलचित्रले तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा मात्र चित्रित गरेकोमा भने उनको चलचित्रकर्मीसँग गुनासो छ । समलिंगी पनि विपरित लिंगी सरह मानव नै भएकाले हाँसोका पात्रका रुपमा मात्र पर्दामा नदेखाउन आग्रह समेत गरिन् । सन्ध्या मिस पिंक २००८  की विजेता हुन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.