तेस्रोलिंगीको अधिकारका लागि गीत गाउने गायक बाबाको प्रतिबद्धता

तेस्रोलिंगीको अधिकारका लागि गीत गाउने गायक बाबाको प्रतिबद्धता

काठमाडौंं (पहिचान) पौष ५ – पप गायक बाबा पाख्रिनले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारको आवाज समेटेर गीत गाउने बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा उनले समलिंगी तेस्रोलिंगीको अधिकारको अवाज बुलन्द गर्ने गीत गाउने प्रतिबद्धता जनाएका हुन् ।
Baba‘मलाई यसबारे धेरै जानकारी छैन । तर, यसबारे मलाई तपाई गीत लेखिदिनुस् म गाउँछु,’ उनले अगाडी भने, ‘म दाम र नामका लागि मात्रै गायन पेशामा लागेको होइन । मेरो एल्बमका गीत सुन्नु भयो भने तपाई आँफै पनि जर्ज गर्न सक्नु हुन्छ । भूकम्पको पीडा, राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत ढाका टोपी यसैगरी लागु औषध दुरव्यशनी बिरुद्धको गीत मेरो एउटै एल्बममा समावेश छन् । यसबाट पनि तपाई मूल्यांकन गर्न सक्नु हुन्छ । म केही फरक गर्न रुचाउछु । त्यसैले म समलिंगी तेस्रोलिंगीबारे गीत गाउँछु ।’
विभन्न जात जाती, धर्म समुदाय, लिंगका गीत भए जस्तै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको पनि गीत हुनु पर्नेमा जोड दिएका उनले यसबारे आँफुलाई जानकारी भएको र यो विषयलाई गीत मार्फत उठाउनु पर्ने कसैले सुझाएको भए यस अघिका एल्बममै समावेश गरिसकेको हुने बताए ।
समलिंगी तेस्रोलिंगी बारे अझै पनि मान्छेले नकारात्मक धारणा बनाउन नछोडेको अवस्थामा समलिंगी तेस्रोलिंगी भन्ने वित्तिकै तपाइको बे्रनमा कस्तो इमेज तयार हुन्छ भन्ने प्रश्नमा गायक बाबा पाख्रिनले भने,‘मेरो दिमागमा त्यस्तो कुनै एबनर्मल पिक्चर तयार हुँदैन । तपाई हामी जस्तै मान्छे हो भन्ने लाग्छ । लिंग मात्रै फरक हो भन्ने लाग्छ ।’
अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने बित्तिकै फरक ब्यबहार गर्नेप्रति आश्चर्य प्रकट गर्दै उनले व्यक्ति ब्यक्तिमा सकारात्मक परिवर्तन नआएसम्म समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नआउने वताए ।
कला क्षेत्रमा रहेका ब्यक्तिले पनि समलिंगी तेस्रोलिंगीको अधिकारका लागि पहल गर्नु पर्ने भन्दै उनले कोही एक ब्यक्ति, संस्था वा राज्यले मात्रै चाँहादैमा समाजमा आमुल परिवर्तन आउन नसक्ने बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.