यौनिक तथा लैंगिक अल्पसख्यकका लागि आय आर्जनका कार्यक्रम संचालन हुने

यौनिक तथा लैंगिक अल्पसख्यकका लागि आय आर्जनका कार्यक्रम संचालन हुने

काठमाडौं (पहिचान) पौष ६ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले सामूहिक पशुपालन र तरकारी खेती गर्ने भएका छन् । दातृ निकायबाट प्राप्त सहयोग र समूदायका सदस्यको श्रमदानमा सामूहिक पशुपालन र तरकारी खेती गर्न लागिएको हो । समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगी र दुईलिंगी समूदायको मातृ संस्था नील हिरा समाजले अंग्रेजी नयाँ बर्षदेखि स्वरोजगार एवं आत्मनिर्भर बन्ने उद्धेश्यका आय आर्जनको कार्यक्रम संचालन गर्ने जनाएको छ ।

मानवअधिकार, मानवस्वास्थ्य, वकालत, संचार अभियान, एचआइभी रोकथाम र उपचार सेवा प्रदान गर्दै आएको समाजले अब नयाँ कार्यक्रमका रुपमा आय आर्जनका कार्यक्रम गर्ने लक्ष्य लिएको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन । अहिले पनि जिल्ला विकास समिति, नगरपालिकाको आर्थिक सहयोगमा च्याउ खेती, माछा पालन, बंगुर पालन गर्दै आएका छन् अध्यक्ष गुरुङले भनिन्, दातृ निकायको केही सहयोगलाई पनि पशुपालन र तरकारी खेतीमा लगाउने सोच बनाएका छौ । सधै अरुको सहयोगमा मात्रै जीवन निर्वाह नहुने भन्दै अध्यक्ष गुरुङले आफ्नो समूदाय आत्मनिर्भर हुने बाटोमा पनि लाग्ने वताइन् ।

समाजका उपनिर्देशक परसुराम राईले कृषि पेशामा खर्च गर्ने गरी दातृ निकायसँग सहयोग माग गरिएको जानकारी दिए । हाम्रो प्रस्तावमा एउटा दातृ संस्थाले थोरै रकम उपलब्ध गराउने भनेको छ राईले भने, त्यसमा समूदायका सदस्यको केही रकम थप गरेर आय आर्जनका कार्यक्रम संचालन गर्नेछौ । आय आर्जनको कार्यक्रम अन्तर्गत सामूहिक तरकारी खेती र पशुपालनको काम अंग्रेजी नयाँ बर्षदेखि प्रारम्भ हुने उपनिर्देशक राईले जानकारी दिए । अहिले स्थानीय निकायले प्रदान गरेको आर्थिक सहयोगमा सुनसरीमा माछा पालन, बर्दियामा च्याउ खेती र कैलालीमा बंगुर पालनको काम शुरु भइसकेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.