ग्रीसमा समलिंगी विवाहलाई कानुनी मान्यता

ग्रीसमा समलिंगी विवाहलाई कानुनी मान्यता

काठमाडौं/पहिचान – ग्रीसको संसदले समलिंगी विवाहलाई कानुनी मान्यता दिएको छ । संसद बैठकले यस्तो कानुन पारित गरेको हो । विपक्षीहरुले विगत लामो समयदेखि समलिंगी विवाहले कानुनी मान्याता पाउनु पर्ने आवाज उठाउदै आएका थिए । उनीहरुले नयाँ कानुनको स्वागत गरेका छन् ।

यसअघि बेलायत, फ्रान्स, स्पेनसहित युरोपका कैयौं देशले पुरुष समलिंगीको विवाह अधिकारको कानुन बनाइसकेका छन् । तर कतिपय दक्षिणी तथा पूर्वी युरोपेली देशले भने यसमा निकै नै मन्द गतिमा प्रगति गरिरहेका छन् । नयाँ कानुनले समलिंगीहरुले विवाह गरेपछि अपुताली, उत्तराधिकारी र सम्पत्तिसम्बन्धी मुद्दाको सम्बोधन गरेको भएपनि धर्मपुत्र धर्मपुत्री राख्न भने नपाउने व्यवस्था गरेको छ ।

ग्रीसका प्रधानमन्त्री अलेक्सिस् सिप्रासले नयाँ कानूनलाई मानवअधिकारका सन्दर्भमा सबैभन्दा महत्वपूर्ण भनेको समाचारमा उल्लेख छ । संसदको २ सय ४९ सदस्य सख््या मध्ये १ सय ९३ जनाले कानुनका पक्ष र ५६ जना सांसदले विपक्षमा मतदान गरेका थिए । एम्नेष्टी इन्टरनेशनलले यस कानुनको स्वागत गरेको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.