यौनिक तथा लैंगिक अल्पसंख्यकको उपलब्धिमा मिडियाको हात : नील हिरा समाज

यौनिक तथा लैंगिक अल्पसंख्यकको उपलब्धिमा मिडियाको हात : नील हिरा समाज

काठमाडौं (पहिचान) पुष ९ – नील हिरा समाजले आफ्नो अधिकार प्राप्तिको अभियानमा संचारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको विषयमा आधारभुत पत्रकारिता तालिमको उद्घाटन समारोहमा समाजका पदाधिकारीहरुले संचारमाध्यमको भूमिकाको मुक्तकण्ठले प्रशंसा गरेका हुन् ।
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले समलिंगी तेस्रोलिंगीले अहिलेसम्म प्राप्त गरेका अधिकारमा संचारमाध्यमको महत्पूर्ण सहयोग रहेको बताइन् । उनले भनिन्, ‘हाम्रो यो अधिकार प्राप्तिको अभियानमा मिडियाको ठूलो भूमिका रहेको छ । जति पनि हामीले अधिकार पाएका छौं । त्यो मिडियाको कै कारण हो ।’
‘समलिंगी तेस्रोलिंगीलाई बिभेद गर्ने भनेको थाहा नपाएरै रहेछ,’ ढकालले भनिन्, ‘रेडियो ठूलो क्षेत्रमा पुग्ने भएकाले यसले चेतना जगाउने काम गर्छ जुन हाम्रो लागि आवश्यक छ ।’Talim 3
उनले जिल्ला जिल्लाबाट अधिकार प्राप्तिका लागि अभियान चलाएर त्यसलाई सशक्त बनाउनु पर्ने वताइन । यसका लागि मोफसलमा रहेका पहिचान सहकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नु पर्छ ढकालले भनिन्, ‘राष्ट्रिय मानवअधिकार आयोगका क्षेत्रिय कार्यालयहरुमा गएर रिपोर्टिगं गर्नु पर्छ । आफ्नो मुद्धा र अधिकारबारे सबैलाई बुझाउनु पर्छ ।’
ढकालले दुई दिने वर्कसपबाट के—के मुद्धा उठाउनु पर्ने त्यसको मार्गचित्र बनाएर अघि बढ्ने भन्दै यसपछि समलिंगी तेस्रोलिंगीका मुद्धा झनै सशक्त हुने विश्वास ब्यक्त गरिन् ।
नील हिरा समाजका उप निर्देशक पर्शुराम राईले समलिंगी तेस्रोलिंगीका अधिकार प्राप्तिको अभियानमा रेडियो कार्यक्रम पहिचानको महत्वपूर्ण भूमिका रहेको बताए । ‘पहिचान मिडिया नहुँदा समलिंगी तेस्रोलिंगीको डकुमेण्ट संकलन हुन सकेको थिएन राईले भने, तर अहिले रेडियो कार्यक्रम पहिचान सुरु भएपछि डकुमेन्टेशनमा सहज भएको छ ।’
राईले संस्था रहनका लागि मुख्य तीन कुरा संचारमाध्यम, वकिल र संस्था आवश्यक रहेको बताए । नील हिरा समाजलाई आगामी दिनमा थप सशक्त बनाउदै अघि बढाउन संचारमाध्यमको भूमिका अझ प्रभावकारी हुनेमा आँफु विश्वस्थ रहेको उनले बताए ।
नर्वेजियन दुताबासको सहयोगमा काठमाडौंमा सुरु भएको दुई दिने पत्रकारिता तालिममा २० जनाको सहभागीता रहेको छ । सहभागि अधिकांस यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्ति रहेका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.