निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“समलिंगी तेस्रोलिंगीलाई ह्यूज म्याटर नबनाउँ ”

“समलिंगी तेस्रोलिंगीलाई ह्यूज म्याटर नबनाउँ ”

993
SHARES

काठमाडौं (पहिचान) पौष ११ – गायीका मेलिना राई सबैलाई समान व्यबाहार गर्नु पर्छ भन्छिन् । सबै नागरिक समान हुन् र उनीहरु सबैले आआफ्नै इच्छा र चाहाना अनुसार बाच्न पाउनु पर्छ भन्ने उनको बिचार छ । सबै नागरिक समान हुन् र उनीहरुलाई विभेदको नजरले हेरिनु हुदैन भन्ने उनको भनाई छ ।
Melina Raiयौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समान व्यबाहार र अधिकार हुनु पर्नेमा उनको जोड छ । “अधिकार सबैले समान रुपमा पाउनु पर्छ,” उनले भनिन्, “समलिंगी तेस्रोलिंगीलाई ह्यूज म्याटर नबनाउँ ।” अझै पनि यौनिक तथा लैंगिक अल्पसंख्यक भन्ने बित्तिकै “ओ हो” के–के नै हो भन्ने मानिसहरु धेरै रहेको भन्दै उनले अन्य महिला पुरुष सरह नै समान नजरले हेर्नु पर्ने बताइन् । राज्यले विस्तारै उनीहरुका माग र मुद्धालाई संबोधन गर्दै अधिकार प्रदान गर्दै गएकाले अब समाजमा उनीहरुलाई पनि समान व्यबहार हुनेमा गायीका राई ढुक्क छिन् ।
“अधिकार हो सबैले पाउनु पर्छ । नागरिकता र राहदानी पउन थालेको मैले पनि सुनेको छु । अब राज्यले नै अधिकार दिन थालेपछि समाजले पनि समान व्यबहार गर्छ ।” अधिकार प्राप्तीको यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको लडाईमा विपरित लिंगीहरुले पनि साथ दिनु पर्नेमा उनको जोड छ । “सबैले सबैलाई साथ दिनु पर्छ । अनि मात्र अधिकार प्राप्तिको लडाईम् सशक्त बन्छ । राज्यले माग सुन्छ ।”
सबै पेशा र व्यवसायका व्यक्ति तथा संस्थाहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई सहयोग गर्नु पर्ने बताउदै गायीका राईले गायन क्षेत्रबाट सहयोग गर्न सकिने बताइन् । गायन पेशाबाट पनि उनीहरुप्रति रहेको समाजको नकारात्मक भावना हटाएर चेतना फैलाउन सकिन्छ । “विभिन्न जाजजाती तथा धर्म संस्कृतिसँगै भाषा भाषीका गीत गाइएको छ । मैले पनि गाएको छु । तर, अहिलेसम्म समलिंगी तेस्रोलिंगीबारे गीत गाइएको छैन । राईले भनिन्, यसबारे पनि गीत गाइयो भने सबैले थाहा पाउछन् । यसबाट पनि उनीहरुप्रति रहेको नकारात्मक सोच हटाउन मद्धत मिल्छ ।”
उनले अहिलेसम्म यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको विषयलाई लिएर गीत नगाइएको सन्दर्भमा यसबारे गीत नलेखिएकाले पनि नगाइएको हुन सक्ने बताइन् । “मैले पनि गाएको छैन । किन भन्ने जवाफ त मसँग पनि छैन । सायद गीत नलेखिएकाले पनि होला । तर यसबारे गीत गाउन नखोज्नु गायक गायीकाका कारण पनि अर्को कारण हो ।”
राई चलचित्र नाई नभन्नु ल तीनको कम्मर माथि पटुकी…..बोलको लोकप्रिय गीतको गायीका हुन् ।

समाचार शेयर गर्नुहोस्
993
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.