आत्मनिर्भर बन्ने बाटोमा तेस्रोलिंगी सुन्तली

आत्मनिर्भर बन्ने बाटोमा तेस्रोलिंगी सुन्तली

काठमाडौं (पहिचान) पौष १२ – तेस्रोलिंगी सुन्तली लामाले सिलाई कटाई तालिम सिकेर आम्मनिर्भर बन्ने वताएकी छन् । मितिनी एकेडेमीक लाजिम्पाटमा एक बर्षअघिदेखि सिलाई कटाई तालिम सिकिरहेकी लामाले आफू दक्ष कालिगढ बन्ने बताइन । पहिचान अनलाईनसँगको कुराकानीमा उनले सरकारबाट कुनै सहयोग नपाइएको र दातृ निकायको सहयोगको पनि कुनै निश्चित नभएकाले आत्मनिर्भर बन्न तालिम लिएको वताइन ।

Suntaliकुर्ता, सुरुवाल, व्लाउज लगायत महिलाले लगाउने पहिरन सिलाई कटाई सिकेकी लामा नील हिरा समाज केन्द्रीय कार्य समितिकी सदस्य समेत हुन् । सिलाई कटाई तालिम सिकेपछि सानै भएपनि टेलर खोलेर बस्ने इच्चा रहेको लामाको भनाई छ । अहिलेसम्म सरकारले केही गरेको छैन, गर्ने आशा पनि छैन लामाले भनिन्, सीप सिकेर आत्मनिर्भर बन्न केही गर्ने चाहना छ । सधै एउटै संस्थाको भर परेर मात्रै पनि नहुँने वताउँदै लामाले आफूलाई आत्मनिर्भर बन्ने उदाहरणको रुपमा प्रस्तुत गर्न तालिम सिकेको वताइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायमा कुनै क्षमता छैन भनेर कुरा काट्नेहरुका लागि सीप सिकेर केही गरेर देखाउन लाग्नु पर्नेमा लामाले जोड दिइन । उनले बाटोमा स्वतन्त्र पूर्वक हिडडुल गर्दा प्रहरी प्रशासनबाट हैरानी पाउने गरेको दुखेसो गरिन् । महिला र पुरुष भन्दा फरक पहिचान भएका हाम्रो समूदायका सदस्यलाई कहिले यो ? कहिले त्यो ? बाहनामा प्रहरी प्रशासनबाट दुख दिने गरेको भन्दै लामाले समान अधिकारका लागि लडिरहेको वताइन । यसअघि तेस्रोलिंगी मेघना लामाले पिंक टिफिनी रेष्टुरेष्ट खोलिसकेकी छिन भने सन्ध्या लामाले फरक पहिचान नामक टेलिभिजन कार्यक्रम संचालन गर्दै आएकी छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.