निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

दिए जस्तो पनि गर्ने तर नदिने, कस्तो राज्य हो यो ?

दिए जस्तो पनि गर्ने तर नदिने, कस्तो राज्य हो यो ?

650
SHARES

काठमाडौं (पहिचान) पौष २१ -‘हाम्रो मुख्य पेशा यौन होइन । कानुनले बन्देज गरेको पेशालाई कसैले पनि जीवन जीउने पेशा बनाउदैन’, यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि काम गर्दै आएको संस्था नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले भनिन्,‘कानुनको हामीले सम्मान अर्थात पालना नै गर्दै आएका छौं । राज्य विरुद्ध गएर कुनै पनि काम गरेका छैनौं ।’
‘यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका ब्यक्ति यौन पेशामा छदै छैनन् भन्ने पनि होइन । कति छन् पनि तर, त्यसको कारण के हो भन्नेबारे पनि खोज्नु पर्छ । किन कोही मान्छे रातमा सडकमा उभिन्छ भनेर प्रश्न मात्रै गर्ने होइन, त्यसका कारणहरु पनि खोज्नु पर्छ’, ढकालले भनिन्, ‘घरले समलिंगी तेस्रोलिंगीलाई सकारात्मक रुपमा लिनु पर्यो, राज्यले आरक्षणको व्यवस्था गर्नु पर्छ, कोटा छुट्याउनु पर्छ । यसो भयो भने कोही पनि यौन पेशामा जाँदैनन । रहरले कोही यौन व्यवसाय अपनाउदैन ।’
राज्यले समलिंगी तेस्रोलिंगीलाई अधिकार दिए जस्तो पनि गर्ने तर नदिने उनको गुनासो छ । ‘राज्य दिए जस्तो पनि गर्दैछ तर, यर्थाथमा दिइरहेको भने छैन । नागरिकता, राहदानी दिएपनि दलित, महिला, जनजाती, अल्पसंख्यकलाई अधिकार दिए जस्तो हामीलाई पनि समान कोटा, आरक्षण दिनु पर्यो’ निर्देशक ढकालले भनिन्,‘हामी अल्पसंख्यक हौं तर, हामीलाई अल्पसंख्यकको परिभाषा भित्र समावेश गरिएको छैन, यो राज्यको द्वैध चरित्र भयो ।’
नयाँ संविधानले पहिलो पटक नेपालमा समलिंगी तेस्रोलिंगीलाई अधिकार सुनिश्चित गरेको भन्दै अब कानुन निर्माण गरेर त्यसलाई संस्थागत गर्न आँफुहरु क्रियाशिल रहको उनले बताइन् । ‘ संबिधानको धारा १२, १८ र ४२ मा हाम्रा अधिकार उल्लेख गरिएको छ र अब यसलाई कार्यान्वय गर्न कानुन निर्माण गरिनु पर्छ । यसका लागि सरोकारवाला निकायमा हामी गइरहेका छौं । धर्म सन्तान राख्न पाउनु पर्छ, समलिंगी विवाहले मान्यता पाउनु पर्छ ।’ ढकालले भनिन् ।
सांसद तथा नेताहरुलाई भेटेरै अधिकार कानुनमा लेखिदिन आग्रह गरिरहेको भन्दै उनले अन्तरक्रिया एवं छलफल चलाएर आफ्नो बारे बुझाइरहेको बताइन् । नबुझे कै कारण बिभेद हुने गरेको बताएकी ढकालले रेडियो कार्यक्रम पहिचान र अनलाइन मार्फत पनि समलिंगी तेस्रोलिंगीका पक्षमा अधिकार लेख्न दबाब श्रृजना गरिरहेको जानकारी दिइन् ।
विस्तारै समलिंगी तेस्रोलिंगीबारे समाज सँगै राज्यका निकायहरुले पनि बुझ्न थालेको उनको भनाइ छ । प्रहरीले सुरुका दिनमा तेस्रोलिंगीलाई देख्ने बित्तिकै पक्राउ गर्नेगरेको स्मरण गर्दै उनले अहिले त्यस्तो अवस्था नरहेको बताइन् । यद्यपी रात्रीकालिन समयमा यौन व्यबसाय गरेको अवस्थामा भने प्रहरी प्रशासनले पक्राउ गर्ने गरेको निर्देशक ढकालको भनाई छ ।

समाचार शेयर गर्नुहोस्
650
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.