निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

जोखिममा रहेका युवाहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराइनु पर्ने माग

जोखिममा रहेका युवाहरुलाई नीति निर्माण तहमा प्रतिनिधित्व गराइनु पर्ने माग

791
SHARES

काठमाडौं (पहिचान) पौष २५ -जोखिममा रहेका युवाहरुको संस्था वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको छ । लागू औषध प्रयोगकर्ता, एचआइभी संक्रमित, यौनकर्मी, समलिंगी तेस्रोलिंगी समूदायको प्रतिनिधित्व रहेको वाइक्याप नेपालले नीति निर्माण तहमा प्रतिनिधित्वको माग गरेको हो ।

Ykapकाठमाडौंमा सकिएको वाइक्याप नेपालको राष्ट्रिय परामर्स बैठकले अरुको भरमा नपर्ने भन्दै आफ्नो लागि आफै बोल्नु पर्ने निष्कर्ष पनि निकालेको छ । यो समूहमा रहेका युवाको बास्तविक समस्या अरुले पहिचान गदैनन् वाइक्याप नेपालका अध्यक्ष संदिप शाहीले भने, हाम्रो समूहमा पर्ने युव माथि हुने विभेद, दुरव्यवहार अन्त्यका लागि सरकारले सम्बोधन गर्नुपर्छ ।

वाइक्याप नेपालमा १५ बर्ष देखि २९ बर्ष समूहका युवा आवद्ध छन् । संयुक्त राष्ट्र संघिय विकास कोष युएनएड्सकी विना पोखरेलले समस्याको पहिचान गरेर अबसर खोज्न सुझाव दिइन । पोखरेलले युवा सक्षम भएर आउनु पर्ने र विभाजित नभई सामूहिक रुपमा एक बद्ध हुनु पर्ने वताइन । वाइक्याप नेपालबाट अहिलेसम्म जोखिममा परेका विभिन्न समूहका १ सय ५० जना युवाले क्षमता विकासको तालिम लिइसकेका वाइक्याप नेपालले जनाएको छ ।

स्थानीय देखि राष्ट्रिय स्तरसम्म अधिकार हनन हुनु हुँदैन भनेर जनचेतना जगाइरहेको वाइक्याप नेपालका इश्वर महर्जनले वताए । परामर्स बैठक समापनमा सरोकारवाला निकायका प्रतिनिधिले वाइक्याप नेपाललाई सूचना, प्राविधिक सहयोग, तालिम लगायतका विषयमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समाचार शेयर गर्नुहोस्
791
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.