निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

कानुन नबन्दा समलिंगी पुरुष विपरितलिंगी महिलासँग विवाह गर्न बाध्य

कानुन नबन्दा समलिंगी पुरुष विपरितलिंगी महिलासँग विवाह गर्न बाध्य

953
SHARES

काठमाडौं (पहिचान) पौष ३० – “जन्मदा पुरुष भएरै जन्मे पनि विपरितलिंगीसँग भन्दा समान लिंगीसँग आकर्षण हुन्छ । केटासँगै अंगालो मारेर हिडेपनि परिवारले स्वीकार गर्छ तर समाजले विभिन्न उपनाम दिन्छ”, एक जना समलिंगी पुरुष बलराम घिमिरेले भने, “किन केटासँग आकर्षित हुन्छु भनेर डाक्टरकोमा समेत गए, औषधी पनि खाए तर, केटा भएर केटानै मन पर्न छाडेन । घर परिवारको करकापले विवाह गरे, अहिले बच्चा जन्मेको छ । घर परिवारमा म समलिंगी हुँ भनेर भन्न सकेको छैन” घिमिरेले भने, नील हिरा समाजमा १६/१७ वर्षको उमेरमै सम्पर्क गर्न आएको भए म आफ्नो यौनिकताबारे प्रष्ट हुने रहेछु ।
बलराम एक जना प्रतिनिधि पात्र मात्रै हुन्, उनी जस्ता धेरै समलिंगी पुरुष विपरितलिंगी महिलासँग विवाह गर्न बाध्य छन् । नील हिरा समाजको शाखा कार्यालय काठमाडौं चण्डोलले सरोकारवालासँग गरेको छलफलमा घिमिरेले समलिंगी विवाहले मान्यता नपाउँदा धेरै समलिंगी पुरुष जवरजस्ती विपरितलिंगी महिलासँग विवाह गर्न बाध्य हुने गरेको वताए ।Gay 22
समलिंगी पुरुषको मानवअधिकार, एचआइभी तथा यौन रोग नियण्त्रणमा काम गर्ने समाजको चण्डोल शाखाले समलिंगी पुरुषका मल्टिमार्टर हुने भएकाले एचआइभीको जोखिममा पर्ने गरेको वताएको छ । चेतना भएर पनि बेहोसीमा कण्डमको प्रयोग नगरी यौन सम्पर्क राख्दा धेरै समलिंगी पुरुषलाई एचआइभीको संक्रमण हुने गरेको उसको भनाई छ ।
छलफलमा सहभागी जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंकी जनस्वास्थ्य निरीक्षक इन्दिरा पाण्डेले समलिंगीको बिषयमा क्लिक भएको वताइन् । म पहिलो पटक छलफलमा आएकी हुँ, यो बिषयमा मलाई क्लिक भएको छ पाण्डेले भनिन्, तपाईहरुको रिपोर्टिङ हामीलाई पनि गराउनुहोस, समन्वय गरौ सेवा अझ सहज बनाउन सकिन्छ ।
नील हिरा समाजको शाखा कार्यालय धनुकटाका हरीमान श्रेष्ठपनि आजसम्म खुल्न सकेका छैनन् । सुनसरी स्थायी घर भएका उनी परिवार तथा समाजले आफ्नो पहिचान थाहा पाए नकरात्मक रुपमा हेरिने डरले धनकुटा पुगेर काम गरिरहको बताउछन् । बिबाह गर्ने मन नभएपनि परिवारको दबाब खेप्न नसकेपछि बिबाह गरेका उनका अहिले सन्तान पनि छन् । तर, उनीलाई अहिले बिबाह गरेर गल्ति गरेजस्तो लाग्छ ।
समान लिंगीप्रति आकर्णण हुने भएकाले उनलाई आफ्नी श्रीमतिप्रति आफुले अपराध गरेजस्तो लाग्छ । त्यसैले उनले रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै पछि पछुताउनु भन्दा अहिलेनै आफ्नो पहिचान खुलाएर आफ्नो चाहाना अनुसार बाच्न समलिंगी तेस्रोलिंगीलाई आग्रह गरे ।

समाचार शेयर गर्नुहोस्
953
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.