अनुशन्धानले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्यका लागि ध्यानाकर्षण गराउने

अनुशन्धानले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्यका लागि ध्यानाकर्षण गराउने

काठमाडौं (पहिचान) माघ १ – काठमाडौं मेडिकल कलेजको सामूदायिक चिकित्सा विभागका प्रमूख डाक्टर सुनिल जोशीले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्य गर्न संचारमाध्यमको महत्वपूर्ण भूमिका हुने वताएका छन् । लैंगिक असमानता र संचारमाध्यमका बिषयमा काठमाडौं मेडिकल कलेज र लिनियस युनिभर्सिटी स्वीडेनले संयुक्त रुपमा गरेको अनुशन्धान मुलुक छलफलमा डाक्टर जोशीले समलिंगी तेस्रोलिंगी माथि हुँदै आएको विभेद अन्त्य गर्न संचारमाध्यमको भूमिका महत्वपूर्ण वताएका हुन् ।

KMC 2तेस्रोलिंगी पनि नेपाली नागरिक हुन्, उनीहरुलाई समान व्यवहार हुनु पर्छ डाक्टर जोशीले भने, लैगिंक असमानता सम्वन्धी अनुशन्धानमा यो समूदायको बिषयमा समावेश गर्नेछौ । उनले विभेद, दुरव्यवहार र हिंसामा महिला मात्रै नभएर समलिंगी तेस्रोलिंगी पनि पर्दै आएको वताए । छलफलमा सहभागी रंगकर्मी दिया मास्केले समलिंगी तेस्रोलिंगी माथि हुने विभेद अन्त्यका लागि संचारमाध्यमले सहयोग गर्नु पर्ने वताइन् । कोही विवाह गरेर बस्दिन भन्छ भने उसलाई जवरजस्ती विवाह गराउनु हुँदैन मास्केले भनिन्, धेरै समिलंगी विभेदमा परेका छन् उनीहरुलाई स्वतन्त्र पूर्वक बाच्न पाउने अधिकारबाट बञ्चित गर्नु हुँदैन ।

लिनियस युनिभर्सिटी स्वीडेनका अनशन्धानकर्ता प्रणव दाहालले लैंगिक असमानतामा समलिंगी तेस्रोलिंगीको बिषय छुटाउन नहुने वताए । मेरो अनुशन्धानमा महिलाको मात्रै बिषय हुँदैन दाहालले भने, समलिंगी तेस्रोलिंगी माथि हुने विभेद, दुरव्यवहार र हिंसा अन्त्यका लागि सरोकारवाला पक्षलाई ध्यानाकर्षण गराउन अनुशन्धान सहयोगी हुने विश्वास छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.