नेपालगंजमा एक जना तेस्रोलिंगीको हत्या

नेपालगंजमा एक जना तेस्रोलिंगीको हत्या

बाँके (पहिचान) माघ १ – नेपालगंजमा एक जना तेस्रोलिंगीको हत्या भएको छ । तेस्रोलिंगी सुरज पुन सन्ध्यालाई आनन्द चौधरीले चिर्पट प्रहार गरेर हत्या गरेका हुन् । धम्बोजी शिब मन्दिर नजिकै रहेको सन्ध्याको कोठामा घरायसी विवादमा आनन्दले चिर्पट प्रहार गर्दा घाइते भएकी सन्ध्याको उपचारका क्रममा पुष २७ गते निधन भएको हो ।

सन्ध्यालाई चिर्पट प्रहार गर्ने आनन्दलाई पक्रेर कर्तव्य ज्यान मुद्धा चलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक भिम किरण बोगटीले पहिचान अनलाईनलाई जानकारी दिए । सन्ध्या र आनन्दसँगै कोठामा बस्दै आएका र घरायसी विवादका कारण आनन्दले चिर्पट प्रहार गरेको बुझिएको बोगटीले वताए । सन्ध्या तेस्रोलिंगी र आनन्द पुरुषनै रहेको भन्दै बोगटीले आनन्दलाई कर्तव्य ज्यान मुद्धामा जन्म कैदसम्म हुन सक्ने वताए ।

नेपालगंजकी तेस्रोलिंगी अधिकारकर्मी अंकित पुनले सन्ध्याको हत्या गर्ने आनन्दलाई हदैसम्मको कारवाही गर्न सन्ध्याको घरपरिवारले माग गरेको जानकारी दिइन । समलिंगी तेस्रोलिंगी दुईलिंगी अन्तरलिंगी समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले तेस्रोलिंगी सन्ध्याको हत्याले आफ्नो समूदायमा विभेद, दुरव्यवहार र हिंसा समेत हुदै आएको प्रष्ट भएको वताइन । यो समूदायका सदस्य माथि सदियौ देखि विभेद, दुरव्यवहार र हिंसा हुँदै आएको छ अध्यक्ष गुरुङले भनिन्, सन्ध्याको हत्या गर्ने आनन्दलाई कानुन अनुसार कडा भन्दा कडा कारवाही गर्नु पर्ने माग गरिन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.