अध्ययन भ्रमण टोलीले बुझ्यो तेस्रोलिंगीको अवस्था : सोधपत्रमा तेस्रोलिंगी समेट्ने प्रतिबद्धता

अध्ययन भ्रमण टोलीले बुझ्यो तेस्रोलिंगीको अवस्था : सोधपत्रमा तेस्रोलिंगी समेट्ने प्रतिबद्धता

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) माघ ११ – चितवनबाट हेटौंडा आएको विद्यार्थी भ्रमण टोलीले समलिंगी तेस्रोलिंगीका विषय आफ्नो सोधपत्रमा समेट्ने प्रतिबद्धता जनाएको छ । अध्ययन भ्रमणमा आएको पाँच सदस्यीय विद्यार्थी टोलीले तेस्रोलिंगीहरु सबैभन्दा बढी विभेदमा परेको भन्दै आफ्नो थेसिसमा यो विषय उठाएर विभेद न्युनीकरणका लागि सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए ।
भ्रमण टोलीका सदस्य रोहित गुप्ताले आफूहरुलाई यस संस्थाको विषयमा समाजले दिएको परिचय र भित्रको वास्तविक गतिविधि विल्कुलै फरक लागेको बताए । ‘अरुले हामीहरुलाई हिजडाको अफिस हो भनेर चिनाउथे, त्यसैले पनि हामी नयाँ विषयको खोजिकै क्रममा यहाँ आइपुगेका हौं’ गुप्ताले भने, ‘हामी आउदा विष मिश्रित मन लिएर आएका थियौं तर, अब हामी शुद्घ अमृतपान गरेर र्फिकन्छौ ।’ उनले मास्टर लेभल सकिसक्दा पनि अझै यो विषयमा अनभिज्ञ भएको भन्दै अप्ठेरो अनुभूति सुनाए ।

‘यौनिकता र यौनिक अल्पसंख्यकका विषय विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नु आवश्यक छ’ अध्यान भ्रमणमा आएका अर्का सदस्य मेनुका गहतराजले आफ्नो आफन्तमा पनि एक जना फरक व्यवहार देखाउने व्यक्ति भएको बताइन् । ‘उहाँको व्यवहार देखेर परिवारका सबै अचम्मित छन’ उनले भनिन्, ‘लजाउने किसिमको व्यवहारले गर्दा कसैसंग पनि घुलमिल हुन नसकेर अहिले परिवारबाटै छुट्टीएर बसेको अबस्था छ ।’

उनले आफूलाई यतिका समयसम्म यौनिकताबारे पर्याप्त जानकारी नपाएको भन्दै अबका दिनमा त्यसबारे बुझ्न सहज भएको बताइन् । ‘हामीे विभिन्न संघसंस्थाहरु मध्ये यो संस्थालाई छान्यौ ताकी हामीले समाजले हेर्ने दृष्टिकोण र यो सस्था भित्रको विभिन्न गतिविधिको बारेमा प्रष्ट हुन सकौं’ भ्रमण टोलीका अर्का सदस्यले भने ।

भ्रमणटोलीसँगको भेटमा नील हिरा समाज शाखा कार्यालय मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले नील हिरा समाजको स्थापना, यसको उद्घेश्य र स्थापना देखि गर्दै आएका कामका विषयमा जानकारी ग।राएका थिए । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकले भोग्दै आएका विभिन्न समस्या तथा चुनौतीका साथै सामाजिक तथा राज्य स्तरबाट पाएका अधिकार तथा उपलब्धीका बारेमा प्रष्टाएका थिए । भेटमा तेस्रोलिंगी वर्षा मगर, जुली चेपाङ्ग र आशिका थोकरले पनि आ–आफ्नो भोगाई अनुभव सुनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.