यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्वास्थ्य सेवा सहज बनाउन माग

यौनिक तथा लैंगिक अल्पसंख्यकलाई स्वास्थ्य सेवा सहज बनाउन माग

काठमाडौं (पहिचान) माघ २१ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले आफ्नो समूदायका लागि छुट्टै हेल्थ क्लिनिक हुनु पर्ने माग गरेका छन् । नील हिरा समाजले आयोजना गरेको अन्तरक्रियामा समूदायका सदस्यहरुले अहिलेका अस्पताल र स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा सहज नभएको भन्दै छुट्टै हेल्थ क्लिनिक हुनु पर्ने माग गरेका हुन् ।

यो समूदायका सदस्यमा स्वास्थ्य समस्या उच्च रहेको र एचआइभी संक्रमणको जोखिम समेत रहेको भन्दै उनीहरुले यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री स्वास्थ्य सेवाको माग गरे । तेस्रोलिंगीको अधिकारकर्मी ज्याक ब्राएनले चिकित्सकको सल्लाह विना हर्मोन प्रयोग नगर्न सुझाव दिए । हर्मोन प्रयोग गरेको कति समयमा दारी जुँगा आउँछ भन्ने तेस्रोलिंगीको प्रश्नमा ज्याकले हर्मोन प्रयोग गरेको कम्तीमा दुई बर्ष भित्र दारी जुँगा आउने र कसैको आउँदै नआउने वताए ।20160204_143232

रगत परिक्षण गरेर चिकित्सकको सल्लाहमा मात्रै प्रयोग गर्नु पर्छ ज्याकले भने, आफूखुसी हर्मोन प्रयोग गर्दा त्यसले स्वास्थ्य समस्या पनि आउन सक्छ । आवाजको हर्मोन थेरापी गर्न सकिन्छ भन्ने प्रश्नमा ज्याकले यो थेरापी गर्न सकिने तर शल्यक्रिया जोखिम हुने वताए । हर्मोन प्रयोग गर्ने कम्तीमा १ महिनामा स्वास्थ्य परिक्षण गर्नुपर्ने ज्याकको सुझाव छ ।

युएनडिपीकी जेन्सन ब्राएनले हर्मोनका कारण महिनावारी रोकिए पनि त्यसले स्वास्थ्यमा कुनै खरावी नगर्ने वताइन । एसिया क्षेत्र स्तरिय तेस्रोलिंगीहरुको नेटवर्कका जो वङले अंग्रेजीमा तयार पारिएको ब्ल्यु प्रिन्ट (Blue Print) लाई नेपाली करण गर्न सहयोग गर्ने वताए । यसमा यौनिक तथा लैंगिक अल्पसंख्यकको मानवअधिकार, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका जानकारी मुलक सामग्री समावेश गरिएको छ ।

नील हिरा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले ब्ल्यु प्रिन्ट नेपाली करण हुनु समूदायका लागि सकारात्मक भएको वताइन । उनले आफ्नो समूदायका सदस्यले सहज रुपमा स्वस्थ्य सेवा पाउन नसकेको भन्दै सहज स्वास्थ्य सेवाका लागि सरोकारवाला पक्षलाई दवाव दिइरहेको जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.