कोइरालाको निधनप्रति नील हिरा समाजद्धारा दुःख ब्यक्त

कोइरालाको निधनप्रति नील हिरा समाजद्धारा दुःख ब्यक्त

काठमाडौं (पहिचान) माघ २६  – पूर्व प्रधानमन्त्री तथा कांगे्रस सभापति सुशील कोइरालाको निधनप्रति नील हिरा समाजले गहिरो दुःख ब्यक्त गरेको छ । समाजले कोइरालाको निधनको खबरले सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय मर्माहत भएको जनाएको छ ।
नेपालको असहज परिस्थितिमा समेत जिम्मेवारपूर्ण तरिकाले सरकार र पार्टीको नेतृत्व सम्हालेका कोइरालाको निधनले समग्र देशलाई क्षति पुगेको समाजकी अध्यक्ष पिंकी गुरुङले वताइन । पहिचान अनलाइनसँग कुरा गर्दै गुरुङले भनिन,‘लामो समय देखिको राजनीतिक अन्यौलताबाट गुज्रिएको नेपाललाई आफै प्रधानमन्त्री रहेका बेला सबैको साझा दस्तावेजको रुपमा संविधान जारी गरेरे देशलाई निकास दिने स्वर्गीय कोइरालाको निधनले कांगे्रस सँगै समग्र नेपाललाई नै ठूलो क्षति पुगेको छ ।’
कोइरालाको सादगीपूर्ण जीवनबाट उनका समकालिन नेता तथा अहिले राजनीति गरिरहेका राजनीतिज्ञले पाठ सिक्न सक्ने भन्दै नेपालका राजनीतिक दलहरुले उनको निष्ठापूर्ण राजनीतिबाट प्रेरित भएर अघि बढ्नु पर्नेमा समाजको जोड छ । ‘कोइरालाको निधनले समलिंगी तेस्रोलिंगी मात्रै होइन समग्र नेपालीलाई नै दुखित बनाएको’ भन्दै समाजकी अध्यक्ष पिंकी गुरुगंले उनको आत्माको चिरशान्तिको कामना समेत गरिन् ।20160209_163757
कोइराला प्रधानमन्त्री भएको समयमा जारी भएको संविधानले आफ्नो समुदायको समेत अधिकार सुनिश्चिनत गरेको भन्दै गुरुङले नयाँ संविधान कार्यान्वय गर्नसक्नु नै उनीप्रतिको सच्चा श्रद्धान्जली हुने बताइन् । ‘एक दुई पटक व्यक्तिगत रुपमा मैले पनि भेट्ने अबसर पाएको थिंए । उहाँ साह्रै राम्रो व्यक्ति हुनुहुन्थ्यो । सबैको अधिकार नयाँ संविधानमा सुरक्षित गर्नु पर्ने पक्षमा रहेको बताउनु हुन्थ्यो । उहाँले हाम्रो पनि अधिकार नयाँ संविधानमा सुरक्षित हुन्छ भन्नु भएको थियो । उहाँले भनेअनुसार नै अधिकार समेटियो पनि ।’ गुरुङले भनिन ।
तेस्रोलिंगी अधिकारकर्मी भूमिका श्रेष्ठले कोइरालाको निधनको खबरले आँफु दुखित भएको बताइन् । उनले यौनिक तथा लैगिक अल्पसंयकको अधिकारका लागि सहयोग गरेको स्मरण समेत गरिन् । ‘उहाले यौनिक तथा लैंगिक समुदायको अधिकारका लागि सहयोग गर्नु भयो । हामीले उहाँलाई पटक पटक भेट्यौं,’ श्रेष्ठले भनिन्,‘म कांगे्रसका १२ औं महाधिवेशन प्रतिनिधि हुँदा उहाँले मलाई सहयोग गर्नु भएको थियो । उहाँजस्तो महान नेता आज हामीले गुमाउनु परेको छ । मलाई उहाँको मृत्युको समाचारले मर्माहत बनाएको छ । ’सत्ता र शक्तिको वरीपरी घुम्ने नेपाली राजनीतिक प्रबृत्तिको अन्त्यका लागि कोइरालाको राजनीतिक जीवनबाट धेरै सिक्न सकिने तेस्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले वताइन । अन्तरलिंगी अधिकारकर्मी इशान रेग्मीले कोइरालाको निधन प्रति दुख व्यक्त गर्दै एक इमान्दार नेता गुमाउँदा राष्ट्रलाई नै क्षति पुगेका वताए ।
नील हिरा समाजकी अध्यक्ष गुरुङ सहित कार्यकारी निर्देशक मनिषा ढकाल, दिवा परियोजनाका सहायक कार्यक्रम निर्देशक संजय शर्मा, मलायका लामाले रंगशालामा पुगेर कोइराला प्रति अन्तिम श्रद्धाञ्जिली अर्पण गरे ।
कोइरालाको मंगलबार १२ बजेर ५० मिनेट जाँदा निधन भएको थियो । उनको भोली बुधवार राजकिय सम्मानसहित अन्त्यष्ठि गरिने निर्णय गरेको सरकारले भोलि एक दिनका लागि सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.