“यौनिक अल्पसंख्यकका माग संबोधन गरे राज्यलाई फाइदा”

“यौनिक अल्पसंख्यकका माग संबोधन गरे राज्यलाई फाइदा”

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) माघ २८ – यौनिक तथा लैंगिक अल्पसंख्यकहरुले समलिंगी तेस्रोलिंगी दुईलिंगी र अन्तरलिंगीका समस्या संबोधन गरे राज्यलाई नैं फाइदा पुग्ने बताएका छन् । पहिले पहिले आफ्नो पहिचान समेत खुलेर नभन्ने यौनिक अल्पसंख्यकहरुले जिल्ला जिल्लामा पत्रकार सम्मेलन नैं गरेर आफ्ना समस्या निर्धक्क राख्न थालेका हुन् ।
‘हाम्रा समलिंगी विवाहलाई मान्यता दिनुपर्ने, यौनिक अल्पसंख्यक मैत्री कानुन बनाउनुपर्ने लगायतका समानता सँग जोडिएका सिमित माग छन्’ नील हिरा समाज मकवानपुरका परियोजना अधिकृत सुरज थापाले भने, ‘समुदायप्रति समान अधिकारको विषयलाई कन्जुस नगरी पुरा गर्दा राज्यलाई नै सहयोग पुग्ने हो ।’ उनले राज्यको हरेक विकास निर्माणमा मद्दत पुग्ने भएकाले राज्यले सबै नीति र कार्यक्रममा यौनिक अल्पसंख्यकलाई समेट्नुपर्ने बताए । Hetauda
मानव अधिकारकर्मी सुमित पौडेलले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय संविधानमा समेटिए पनि समलिंगी विवाहले कानुनी मान्यता नपाएसम्म उनीहरुका अधिकार सुनिश्चत नहुने बताए । ‘त्यसका लागि सञ्चार माध्यमले महत्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने हुन्छ’ उनले भने, ‘पत्रकारीता भनेकै मानवअधिकार मैत्री हुने भएकाले यो समुदायका लागि मुल धारमा ल्याउन र समस्या मुक्त बनाउन पत्रकारहरुको विशेष भूमिका रहन्छ ।’
कार्यक्रमा जिल्ला तथा राष्ट्रिय स्तरमा कार्यरत पत्रकारहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दाहरु प्रमुख मुद्दाको रुपमा रहेको भन्दै स्थानीय देखि केन्द्रसम्म सबैलाइ समान अधिकार र अवसरको लागि आफुहरुले निष्पक्ष भएर कलम चलाउने प्रतिवद्दता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.