सेवाकेन्द्रमा आउन नचाहने एचआइभी संक्रमितलाई फिल्डमै सेवा दिन सुझाव

सेवाकेन्द्रमा आउन नचाहने एचआइभी संक्रमितलाई फिल्डमै सेवा दिन सुझाव

बिनोद वि.सी./रुपन्देही (पहिचान) माघ २८ – नील हिरा समाजले सेवाकेन्द्रमा आउन नचाहने एचआइभी संक्रमितलाई फिल्डमै पुगेर सेवा दिनु पर्ने वताएको छ । नील हिरा समाज ग्लोवल फण्ड सेभ द चिल्ड्रेन परियोजना अन्र्तगत कार्यरत सुवास पोखरेलले आफ्ना समस्या खुलाउन नचाहानेहरुलाई फिल्डसम्म पुगेरै भए पनि सेवा दिनुपर्ने बताए ।
hiv 1‘आफूले दिदै आएका सेवाहरु फिल्डमा भेटेरै भएपनि सेवाग्राहीलाइ दिनुपर्छ’ पोखरेलले भने, ‘लुकेर बसेका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदयलाई पनि जागरुक गर्नुपर्ने हुन्छ ।’ पोखरेल एच.आई.भी.एड्स रोकथाम तथा नियन्त्रण कार्यक्रम संचालित वभिन्न शाखाको अनुगमनका लागि भैरहवास्थित क्षेत्रिय कार्यालय पुगेका थिए ।
उनले अधिकार प्राप्तीको लडाईमा नील हिरा समाजका सम्पूर्ण शाखाहरु एकजुट हुनुपर्ने बताए । ‘अधिकार प्राप्तिको अभियानमा पुर्व मेची देखि पश्चिम महाकालिसम्मका यौनिक तथा लैंगिक अल्पसंख्यक समुदयले ऐक्यबद्धता जनाउनुपर्ने हुन्छ’ उनले भने ।
अनुगमनमा गएका पोखरेललाइ क्षेत्रिय परियोजना प्रमुख मनिला न्यौपानेले क्षेत्रिय कार्यालयका उपलव्धी तथा चुनौतिका बारेमा जानकारी गराएका थिए । न्यौपानेले कार्यालयका गर्न बाँकी कामहरु चाडै पुरा गर्ने प्रतिबद्धता जनाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.