रुपन्देहीमा यौनिक अल्पसंख्यकको संख्या ८ हजार

रुपन्देहीमा यौनिक अल्पसंख्यकको संख्या ८ हजार

रुपन्देही (पहिचान)  माघ २९ – रुपन्देहीमा यौनिक तथा लैगिक अल्पसंख्यकको संख्या आठ हजार रहेको छ । नील हिरा समाज शाखा कार्यालय वुटवलले रुपन्देही जिल्लामा यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको संख्या आठ हजार रहेको दाबी गरेको हो ।
समाजको शाखा कार्यालय वुटवलकी संयोजक मलिना न्यौपानेले, समलिंगी, तेस्रोलिंगी, दुईलिंगी, अन्तरलिंगी गरी आठ हजार रहेका बताइन् । यो संख्या गत वर्ष साढे सात हजार रहेको उनले बताइन् । ‘यो संख्या गत वर्ष साढे सात हजार थियो । हामीले विभिन्न कार्यक्रम गर्दा र हाम्रो संस्थाको सम्पर्कमा आएका व्यक्तिहरुबाट यो तथ्यांक लिएका हौं ।’
यो संख्यामा अन्तलिंगीको संख्या निकै कम रहेको छ । न्यौपानेका अनुसार जिल्लामा ३ जना अन्तरलिंगी मात्रै सम्पर्कमा छन् । अन्तरलिंगी ब्यक्ति जन्मने बित्तिकै उनीहरुको यौनिकता अभिभावकले लुकाउने गरेको र ठूलो भएपछि भारत जाने गरेको संयोजक न्यौपानेको भनाई छ ।
एमएसएम र बाइसेक्सुवलको संख्या सबैभन्दा बढी रहेको न्यौपानले जानकारी दिइन् । ‘फिमेल टु मेल’ तेस्रोलिंगीको संख्या पनि निकै न्यून रहेको उनले बताइन् । ‘मेल टु फिमेल’ तेस्रोलिंगी भन्दा ‘फिमेल टु मेल’ तेस्रोलिंगी कम खुल्ने गरेको उनको भनाई छ । न्यौपानेले महिला समलिंगीको संख्या पुरुष समलिंगीको भन्दा कम रहेको स्पष्ट पारिन् । महिलामा भन्दा पुरुषमा समाज र परिवारसँग विद्रोह र संघर्ष गर्नसक्ने क्षमता र आँट बढी हुने गरेकाले पुरुष समलिंगीको संख्या धेरै देखिने गरेको छ ।
समाजले यौनिक तथा लैगिक अल्पसंख्यकलाई हेर्ने दृष्टिकोण अझै सकारात्मक हुन नसक्दा आफ्नो पहिचान खुलाउने समलिंगी तेस्रोलिंगीको संख्या निकै न्यून रहेने गरेको छ । हरेक देशमा ८ देखी १० प्रतिशत यौनिक तथा लैगिक अल्पसंख्यक समुदायका ब्यक्ति हुने गरेको विभिन्न तथ्यांकहरुले देखाउने गरेका छन् ।
नेपालमा सन् २००१ मा नील हिरा समाजको स्थापना पछि राज्यले अधिकार दिन थालेपछि बिस्तारै समलिंगी तेस्रोलिंगी आफ्नो पहिचान खुलाएर आउन थालेका हुन् । यो समुदायको अधिकारका क्षेत्रमा काम गर्दै आएको समाजले करिब १० लाख समलिंगी तेस्रोलिंगी सम्पर्कमा रहेको बताउँदै आएको छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.