सुदुरपश्चिम समाजको साधारणसभा सम्पन्न

सुदुरपश्चिम समाजको साधारणसभा सम्पन्न

धनगढी (पहिचान)  माघ २९ – सुदुरपश्चिम समाजको साधारणसभा सम्पन्न भएको छ । सुदुरपश्चिमा रहेका यौनिक तथा लैगिक अल्पसंख्यक समुदायको संस्था सुदुर पश्चिम समाजको साधारण सभाले पुरानै कार्यसिमितितलाई निरन्तरता दिदै ११ सदस्यीय कार्यसिमितिको निरन्तारता दिएको हो ।

समाजको अध्यक्षमा फेरी अर्को कार्यकालका लागि राज चौधरी निर्वाचित भए । यस्तै उपाध्यक्षमा  चिन्तामणि नेपाल सचिवमा विरेन्द्र चौधरी कोषाध्यक्षमा नारायणबाहादुर चौधरी पुन अर्को कार्यकालका लागि निर्वाचित भएका हुन् । यस्तै सदस्यहरुमा प्रकाश चौधरी तुलसी डगौरा रमेश चौधरी दानबहादुर भाट निरंगा चौधरी राजु लामा र राजकुमारी चौधरी निर्वाचित भएका हुन् ।

कार्यक्रममा समाजका कोषाध्यक्ष नारायणबहादुर चौधरीले वार्षिक अयव्ययको विवरण प्रस्तुत गरेका थिए । साधारणसभामा तीसजना साधारण सदस्यले भाग लिएका छन् । निर्वाचित भएपछि समाजका अध्यक्ष राज चौधरीले समाजलाइ आगामी दिनमा अझ सशक्त बनाएर लैजाने  बताएका छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.