समलिंगी विवाहले मान्यता पाउनु पर्नेमा जोड

समलिंगी विवाहले मान्यता पाउनु पर्नेमा जोड

857
SHARES

विनोद विसी/रुपन्देही (पहिचान) फागुन २ – एक कार्यक्रमका बक्ताहरुले समलिंगी विवाहलाई मान्यता दिनु पर्नेमा जोड दिएका छन् । रुपन्देहीको भैरहवामा आयोजित एक कार्यक्रमका बक्ताहरुले विपरितलिंगी महिला पुरुष सरह यौनिक तथा लैगिक अल्पसंख्यकहरुलाई पनि समलिंगी विवाहको मान्यता दिनुपर्नेमा जोड दिएका हुन् ।
IMG_6169नील हिरा समाजको शाखा कार्यालय भैरहवाले आयोजना गरेको पत्रकार सम्मेलनमा सहभागी तेस्रोलिंगी अधिकारकर्मी तथा पत्रकारहरुले संविधानले समेत अधिकार सुनिश्चित गरेको अवस्थामा अब समलिंगी विवाहले मान्यता पाउनु पर्ने बताएका हुन् । तेस्रँेलिंगीहरुले समलिंगी विवाहलाई मान्यता दिनु पर्ने सुझाव सहितको अध्ययन प्रतिवेदनलाई सरकारले गम्भिरताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।
नील हिरा समाज बुटवलमा कार्यरत अवान्तिका घर्तीले आफ्नो समुदायप्रति राज्यले अझै पनि खुला ह्रदयले अधिकार प्रदान गर्न नसकेको भन्दै किस्ताबन्दीमा अधिकार दिने प्रवृत्तिको अन्त्य हुनु पर्नेमा जोड दिइन् । राज्यले सबै नागरिकलाई समान अधिकार दिए राज्यलाई नै सहयोग पुग्ने उनको भनाई छ । घर्तीले समान व्यबाहर हुन सके यौनिक तथा लैगिक अल्पसंख्यक ब्यक्ति पनि विकास निर्माणमा समाहित हुने बताइन् ।
तेस्रोलिंगी मानव अधिकारकर्मी विष्णुमायाँ चेपाङले यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय संविधानमा समेटिए पनि समलिंगी विवाहले कानुनी मान्यता नपाएसम्म उनीहरुका अधिकार सुनिश्चत नहुने भन्दै त्यसको लागि सञ्चार माध्यमले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने बताइन् ।
कार्यक्रममा स्थानीय तथा राष्ट्रिय संचारमाध्यममा कार्यरत पत्रकारहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकका मुद्दाहरु प्रमुख मुद्दाको रुपमा रहेको भन्दै स्थानीय देखि केन्द्रसम्म सबैलाइ समान अधिकार र अवसरको लागि आफुहरुले निष्पक्ष भई कलम चलाउने प्रतिवद्धता जनाए ।

समाचार शेयर गर्नुहोस्
857
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.