यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने प्रतिबद्धता

यौनिक अल्पसंख्यकलाई सहयोग गर्ने प्रतिबद्धता

राज चौधरी/कैलाली (पहिचान) फागुन ३ -पत्रकारहरुले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । नील हिरा समाजको शाखा कार्यालय धनगढीले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित संचारकर्मीहरुले समान अधिकारका लागि पहल गर्ने बताएका हुन् ।
मोर्निङ वेला दैनिकका पत्रकार तपेन्द्र बहादुर कुवरले समलिंगी तेस्रोलिंगी पनि समाजका अभिन्न अंग रहेको भन्दै भने, ‘जसरी समाजमा महिला पुरुषलाई सम्मान र अधिकार दिएको छ, त्यस्तैगरी समलिंगी तेस्रोलिंगीलाई पनि हुनु पर्छ ।’ उनले नील हिरा समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकारका लागि चलाएको अभियानलाई अगाडी वढाउन आँफु तयार रहेको बताए ।
पश्चिम टुडे दैनिकका अविनास चौधरीले पत्रकार महासंघमा समलिंगी तेस्रोलिंगी पत्रकारलाई सदस्यताको लागि पनि पहल गर्न सहयोग गर्ने जनाए ।
राजधानी दैनिकका दिपक ओलिले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको मुद्धामा सहयोग र साथ रहने भन्दै पत्रकार महासंघमा छुट्टै कोटा छुट्याउनु पर्नेमा जोड दिए ।
रेडियो धनगढीका निर्पा रावलले संचारमाध्यमले समलिंगी तेस्रोलिंगीलाई सहायोग गर्ने वताए । पछाडी पारिएको समुदायलाई अघि बढ्न सहयोग गर्नु संचारमाध्यमको दायित्व रहेको भन्दैे यसमा संचारजगतको संधै साथ रहनु पर्नेमा उनको जोड छ ।
मानवअधिकारकर्मी विवेक सिंहले पहिचान सहितको नागरिकता वितरण र प्राप्तिमा कैलालीमा कुनै समस्या नरहेको जानकारी दिए । समलिंगी तेस्रोलिंगीको अधिकारका लागि संचारमाध्यमको अझै सहयोग रहने उनले विश्वास ब्यक्त गरे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.