समाजशास्त्रका विद्यार्थीलाई यौनिकताको कक्षा

समाजशास्त्रका विद्यार्थीलाई यौनिकताको कक्षा

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) फागुन १३ – मकवानपुरमा समाजशास्त्रका विद्यार्थीलाई यौनिकता सम्बन्धि कक्षा संचालन गरिएको छ । मकवानपुर बहुमुखी क्याम्पसमा भएको समाजशास्त्र दोस्रो वर्षमा अध्यानरत विद्यार्थीहरुलाई लिंग जेन्डर र यौनिकताका विषयको कक्षा संचालन भएको हो ।

समाजशास्त्रका प्राध्यापक भिमप्रसाद तिमल्सिनाको आग्रहमा नील हिरा समाज मकवानपुरले कक्षा संचालन गरेको हो । संविधानले समेत यौनिक अल्पसंख्यक भनेर संबोधन गरिसकेका समालिंगी तेस्रोलिंगीलाई अहिले पनि समाजले फरक दृष्टिकोण बनाइरहेको छ । समाजले पुरुष र महिलालाई एक प्रकारको भूमिका दिएको तर पुरुष भएर महिला बन्न रुचाउने र महिला भएर पुरुष बन्न रुचाउनेहरुलाई समाजले अहिले पनि कुनै भूमिका दिएको छैन । त्यति मात्र हैन समलिंगी तेस्रोलिंगीलाई समाजले स्वीकार समेत गरेको छैन ।

Hetaudaयस्तो अबस्थामा समाजशास्त्रकाा विद्यार्थीले समेत यौनिक तथा लैंगिक अल्पसंख्यकका विषय नबुझ्दा समाजले नै सिक्न नसक्ने भन्दै प्राध्यापक तिमल्सिनाले समुदाय भित्रकै विज्ञहरु डाकेर कक्षा संचालन गरेका हुन् । नील हिरा समाज मकवानपुरका कार्यक्रम संयोजक सुरज थापाले यौनिकता भनेको मानिसको यौन झुकाव भएको बताउँदै त्यो व्यक्तिको व्यक्तिगत स्वतन्त्रताको विषय भएको बताए । थापाले मानिसको यौन झुकावका कारणले पनि फरक समाजिक भूमिका (जेन्डर) हुने भन्दै त्यसलाई समाजले नबुझिदिदा समस्या हुने गरेको बताए ।

यस्तै तेस्रोलिंगी जुली चेपाङ र सुमित पौडेलले तेस्रोलिंगी भएपछि घरभित्रै बाट विभेद सुरु हुने भन्दै त्यसका कारण व्यक्तिगत स्वतन्त्रता समेत हनन हुने गरेको बताए । विद्यार्थीहरुले यौनिक अल्पसंख्यक भित्र रहेको विभिन्न समुह र तिनका विशेषताका विषयमा जानकारी भएको भन्दै अब समाजलाई बुझाउन पनि सहज हुने बताए । प्राध्यापक तिमल्सिनाले आफ्नो आग्रह अनुरुप कक्षा संचालन गरिदिएकोमा धन्यवाद दिएका थिए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.