यौनिक अल्पसंख्यकको तथ्याङक संकलन गर्ने प्रतिवद्धता

यौनिक अल्पसंख्यकको तथ्याङक संकलन गर्ने प्रतिवद्धता

ललितपुर (पहिचान) फागुन १३ – केन्द्रीय तथ्याङक विभागले यौनिक तथा लैंगिक अल्पसंख्यकको तथ्याङक संकलनको आबश्यकता महसुस भएको वताएको छ । नेपाल बहुसूचक सर्वेक्षक सार्वजनिक गरेपछि विभागका महानिर्देशक सुमनराज अर्यालले यौनिक तथा लैंगिक अल्पसख्यकको तथ्याङक संकलनको आबश्यकता महसुस भएको वताए ।

UNICEFपहिचान अनलाइनसँग कुरा गर्दै महानिर्देशक अर्यालले नेपाल बहुसूचक सर्वेक्षणमा यो समूदायको तथ्याङक समेट्न नसकिएको वताउँदै अबका सर्वेक्षणमा नछुटाउने प्रतिवद्धता जनाए । पछिल्लो जनगणनाको पहिलो चरणमा महिला, पुरुष र अन्य उल्लेख गरेपनि समलिंगी तेस्रोलिंगीले खुलेर सहभागिता जनाउन नसकेको पाइयो उनले भने, दोस्रो चरणको गणनामा महिला र पुरुष मात्रै राखेर यो समूदायलाई पनि महिला र पुरुष मध्येको मात्रै फारम भर्न भनेका थियौ ।

पहिले त्यति खुलेर आएका थिएनन्, अहिले धेरै खुलेर आफ्नो पहिचान भन्न थालेका छन्, महानिर्देशक अर्यालले भने, उनीहरुको पनि तथ्याङक संकलन गर्नु पर्ने रहेछ भन्ने आबश्यकता महसुस भएको छ । उनले नेपाल बहुसूचक सर्वेक्षण सन् २०१४ को भएको र यसमा महिला र बालबालिकाको मात्रै तथ्याङक राखिएको वताए । यो सर्वेक्षणमा समलिंगी तेस्रोलिंगी उल्लेख नगरे पनि उहाँहरुले आफू महिला या पुरुष कुनै एकमा प्रश्नको उत्तर दिएर सहभागी हुनु भएको होला उनले भने, सर्वेक्षणमा यो समूदायको छुट्टै तथ्याङक छैन ।

संबिधानमा अधिकार लेखिएको छ तपाईहरुले किन छुटाउनु भएको हो त ? भनेर गरेको प्रश्नमा महानिर्देशक अर्यालले भने, संबिधानले संबोधन गरेका समूदायको प्राथमिकिकरण गरेर तथ्याङक संकलन गर्छौ । नेपाल बहुसूचक सर्वेक्षण केन्द्रीय तथ्याङक विभाग र युनिसेफको सहयोगमा तयार भएर सार्वजनिक गरिएको हो ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.