“सुरुमा समलिंगी तेस्रोलिंगी सँग मान्छे हात पनि मिलाउँदैन थिए”

“सुरुमा समलिंगी तेस्रोलिंगी सँग मान्छे हात पनि मिलाउँदैन थिए”

765
SHARES

काठमाडौं (पहिचान) फागुन १७ – वेष्ट टु इनर्जी परियोजना प्रमुख प्रकाश चन्द्र झाले समलिंगी विवाहले मान्यता पाउनु पर्ने बताएका छन् । ब्यक्तिले चाहे अनुसार जिउन पाउनु उसको नैसर्गिक अधिकार भएको भन्दै झाले कसैलाई पनि उसको अधिकारबाट बञ्चित गर्न नहुनेमा जोड दिए ।
“कसले कसलाई मन पराउँछ त्यो उसको अधिकार हो । मलाई लाग्छ उसलाई रोक्नु पर्ने अवस्था छैन । धेरै देशले मान्यता दिइसकेका पनि छन्”, झाले भने, “विश्वको आइडल मानिने देश अमेरिकाले पनि समलिंगी विवाहलाई मान्यता दिइसकको छ । हामी चाँही किन नदिने ?”
समलिंगी विवाहलाई मान्यता दिदा बंश बिस्तारमा अबरोध आउने तर्क गर्नेहरुलाई झाको प्रश्न छ–“के हामीले अब गे र लेसविन विवाह मात्रै गर्न लागेको हो र ?, जो समलिंगी हुन् उनीहरुले पनि आफ्नो इच्छा अनुसार बाँच्न पाउनु पर्छ भनेको पो हो ।”
“सन् २००० मा यो समुदायका ब्यक्तिसँग आम मान्छे हात समेत मिलाउँदैन थिए, २००५ मा आइपुग्दा यो समुदायले निकालेको १०० जनाको जुलुसमा ५० जना विपरितलिंगी पनि सहभागी भएर सहयोग गरे, ०१६ मा आइपुग्दा तेस्रोलिंगीले संविधानमै अधिकार पाए ”, झाले भने,“समय लाग्न सक्छ तर, बिस्तारै महिला पुरुष सरह समलिंगी तेस्रोलिंगीले पनि अधिकार पाउँछन् ।”
समलिंगी तेस्रोलिंगीको अधिकारका अभियन्ता सुनिलबाबु पन्तसँग नील हिरा समाजको स्थापना अघी देखी नै सहकार्य गरेको भन्दै पछिल्ला वर्षमा समलिंगी तेस्रोलिंगीलाई समाजले सकारात्मक रुपपा हेर्दै गएको बताए ।

समाचार शेयर गर्नुहोस्
765
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.