“यौनिक अल्पसंख्यकसँग सहकार्य गर्न तयार”

“यौनिक अल्पसंख्यकसँग सहकार्य गर्न तयार”

इन्दिरा न्यौपाने/मकवानपुर (पहिचान) फागुन १७ – महिला तथा बालबालिका कार्यालय मकवानपुरले यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायसँग सहकार्य गर्दै अघी बढ्ने प्रतिबद्धता जनाएको छ । समलिंगी तेस्रोलिंगीको अधिकार तथा बृत्ति बिकासका लागि समन्वय गरेर काम गर्न आग्रह गर्न पुगेको नील हिरा समाजको शाखा कार्यालय हेटौंडासँग महिला तथा बालबालिका कार्यालय मकवानपुरले सहयोगको प्रतिबद्धता जनाएको हो ।
“महिला तथा बालबालिकाका कार्यक्रमहरु मात्र होइन, हामीले अपांगता, जेष्ठ नागरिक लगायत यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका मुद्दाहरुको विषयमा कार्यक्रमहरु गर्नु हाम्रो कर्तव्य हो”, महिला तथा बालबालिका कार्यलय मकवानपुरका प्रमुख महिला विकास अधिकृत शोभा शाहले भनिन्,“ हामी तपाईंहरुका अधिकारको यात्रामा पनि सँगै छौं । पहिचान अनुसारको नागरिकता र समलिंगी विववाहले कानुनी मान्यता पाउनु पर्छ ।”Indira 2
संविधानमा उल्लेख भएर मात्र नहुने भन्दै उनले त्यसको कार्यान्वयनका लागि कानुन निर्माण आवश्यक रहेको औंल्याइन् । अझै समलिंगी तेस्रोलिंगीहरुलाई समाजले हेर्ने दृष्टि पुरानै रहेकोले यस्तो अवस्था अन्त्य गर्न यौनिक तथा लैंगिक अल्पसंख्यकले आफूलाई समाजमा चिनाएर पहिचान अनुसार बाँच्नु पर्ने उनको धारणा छ ।
“समलिंगी विवाहले कानुनी मान्यता पाउदा कसैलाई पनि आपत्ति हुदैन । बरु समानताले एक कदम अगाडी फड्को मार्छ । विपरितलिंगी विवाहको मुख्य उद्देश्य सन्तान उत्पादनको लागि मात्र हो । सन्तानकै लागि त धेरै उपायहरु छन्, समलिंगी विवाहबारे समाजको जिज्ञासामा शोभा शाहले भनिन्, “सिन्दुर हाल्दैमा श्रीमान श्रीमती हुने होइन । जसले एक अर्काको भावना बुझ्छ उसैसँग जीवन विताउन खोज्नु उसको अधिकारको कुरो हो । राज्यले यसमा कन्जुस्याई गर्नु हुदैन ।” यौनिक तथा लंैगिक अल्पसंख्यक समुदायका मुद्दामा सक्दो सहयोग गर्ने उनले प्रतिबद्धता जनाइन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.