बागलुङमा अन्य उल्लेख भएको नागरिकता दिन सुरु

बागलुङमा अन्य उल्लेख भएको नागरिकता दिन सुरु

बिनोद बि. सी/बागलुङ (पहिचान) फागुन २७ – जिल्ला प्रशासन कार्यालय बागलुङले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पहिचान अनुसारको नागरिकता दिन थालेको छ । बागलुङबाट पहिलो पटक नील हिरा समाज बाग्लुङ्गका मानब अधिकार कर्मी रुपेश थापा मगरले पहिचान अनुसार लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता लिएका छन् । थापा अन्य उल्लेख गरेको नागरिकता लिने बागलुङ जिल्लाका पहिलो व्यक्ति हुन् ।
IMG_6314बारम्बार आफ्नो पहिचान खुलाउने नागरिकता लिन प्रशासन धाउदा प्रशासनले कहिले प्रहरी प्रशासनको सिफारिस त कहिले अस्पतालको सिफारिस लिएर आउनु भनि फर्काएको क्षेत्रिय कार्यक्रम संयोजक मनिला नेउपानेले पहिचान अनलाइनलाई जानकारी दिइन । नेउपानेले सन्तोष पन्तको छोराले यौनाङ्ग परिवर्तन गरेको हुनाले उ संग मेडिकल प्रमाण माग्नु ठिकै भएको वताउँदै तर समलिंगी तेस्रोलिंगीले आफ्नो यौनाङ्ग परिबर्तन नगरेकाले पहिचान अनुसारको नागरिकता पाउनु पर्ने माग गर्दै आएकी थिइन ।
बागलुङ जिल्लामा लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता पाइसकेकाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्य अबन्तिका घर्तीको पहिचान अनुसारकै नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पाल्पा जाने संयोजन नेउपाने वताइन । बागलुङमा पहिचानको आधारमा रुपेश थापाले लिंगको महलमा अन्य उल्लेख भएको नागरिकता पाएपछि बागलुङका सम्पूर्ण यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय खुशी भएका छन् । थापाले पहिचान अनुसारको नागरिकता पाएपछि अब पहिचान अनुसार राज्यका निकायमा प्रतिनिधित्वका लागि संबिधानमा लेखिएको अधिकार कार्यान्वयन गराउन दवाव दिने वताइन ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.