श्रमिक महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम

श्रमिक महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम

काठमाडौं (पहिचान) फागुन ३० – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायले अन्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेका छन् । नील हिरा समाजको शाखा कार्यालय परिचय समाज ललितपुरले जिल्ला जनस्वास्थ्य कार्यालयमा अन्तरक्रिया गरेको छ भने सुन्दर संसार बर्दियाले कारागारका महिला बन्दीलाई झुल वितरण, मैत्रीपूर्ण फुटवल र बाजागाजा सहितको र्याली निकालेको छ ।

दिवसका अवसरमा सुन्दर संसार बर्दियालाई सम्मान समेत गरिएको छ । दिवसका अवसरमा निकालिएको र्यालीमा सुन्दर संसारले तेस्रो स्थान प्राप्त गरेर सम्मानका रुपमा कदरपत्र र नगद ६ सय रुपैयाँ पाएको सुन्दर संसारकी काजोल चौधरीले जानकारी दिइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.