निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

अधिकार प्राप्तिको अभियानमा सहयोग गर्ने अमेरिकाको आश्वासन

अधिकार प्राप्तिको अभियानमा सहयोग गर्ने अमेरिकाको आश्वासन

658
SHARES

काठमाडौं (पहिचान) चैत्र ३ -अमेरिकाले यौनिक तथा लैंगिक अल्पसंख्यकको अधिकार प्राप्तिको अभियानमा सहयोग गर्ने आश्वासन दिएको छ । आउँदो अंग्रजी जुन महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको झण्डा फहराउने, कार्यशाला गोष्ठी, अन्तरक्रिया लगायतका कार्यक्रम गरेर यो समूदायका सदस्यको अधिकार प्राप्तिको अभियानमा सहयोग गर्ने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ ।

नील हिरा समाजको केन्द्रीय कार्यालयमा दूतावास र समाजका प्रतिनिधिबीच भएको छलफलमा अमेरिकाले आउँदो जुन महिनामा यौनिक तथा लैंगिक अल्पसंख्यकको झण्डा फहराउने, सामाजिक संजाल मार्फत सहयोग गर्न आव्हान गर्ने, यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको घृणा बिरुद्धको अन्तराष्ट्रिय दिवसमा अन्तरक्रिया, गोष्ठी र गाइजात्रा महोत्सवमा प्रख्यात समलिंगी बोलाएर ऐक्यवद्धता जनाउने लगायतका कार्यक्रम गर्न सकिने वताएको हो । छलफलमा समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले संबिधानमा अधिकार लेखिएपनि कार्यान्वयन पक्ष कमजोर रहेको वताइन् ।

अहिले पनि पहिचान अनुसारको नागरिकता पाउन हैरानी व्यहोर्नु पर्छ ढकालले भनिन्, दिन्न नभन्ने तर सहजै नदिने प्रशासनिक निकायको कार्यशैलीले पहिचान अनुसारको नागरिकता पाउन समेत हैरानी व्यहोर्नु परेको छ । ढकालले आफ्नो समूदायका व्यक्तिलाई अध्ययनमा छात्रवृत्ति र कुनै पनि क्षेत्रमा रोजगारीका अवसर नभएको वताइन् । नील हिरा समाज स्थापना पछि घर, परिवार, समाज र राज्यले आफ्नो समूदायलाई सम्बोधन गर्न थालेपनि विभेद, दुरव्यवहार र हिंसा अन्त्य भने हुन नसकेको उनको भनाई छ ।

उनले अधिकार प्राप्तिको अभियानमा सयहोग गर्न आग्रह पनि गरिन् । समलिंगी विवाहले मान्यता पाउनु पर्ने हो, प्रतिबेदन पनि सरकारले बुझिसकेको छ ढकालले भनिन्, राष्ट्रिय मानवअधिकार आयोगले समलिंगी विवाहलाई कानुनी मान्यता दिन सरकारलाई पत्र लेखिसकेको छ तर सरकार हुन्छ पनि भन्दैन हुँदैन पनि भन्दैन ।

यौनिक तथा लैंगिक अल्पसंख्यकले पहिचान अनुसार अन्य उल्लेख भएको राहदानी पाएको वताउँदै ढकालले अमेरिकी दूतावासले अन्य उल्लेख भएको राहदानी बाहकलाई भिसा दिन गरेको आग्रहमा दूतावासका प्रतिनिधिहरुले यस बिषयमा छलफल गर्ने वताएका थिए ।

समाचार शेयर गर्नुहोस्
658
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.