तेस्रोलिंगीलाई हेयभावले हेरिनु हुँदैन : नायीका आँचल

तेस्रोलिंगीलाई हेयभावले हेरिनु हुँदैन : नायीका आँचल

काठमाडौं (पहिचान) चैत्र ३ – नव नायिका आँचल शर्माले समलिंगी तेस्रोलिंगीलाई उनीहरुकै इच्छा अनुसार चलचित्रमा प्रस्तुत गर्नु पर्ने बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकले नेपाली चलचित्रमा समलिंगी तेस्रोलिंगीलाई हाँसोको पात्रका रुपमा मात्रै चित्रित गरेको गुनासो गरिरहेका बेला नायीका शर्माले यस्तो बिचार ब्यक्त गरेकी हुन् ।
Aachal 1“उनीहरुले चलचित्रमा चरित्र त हो नि भनेर अभिनय गर्न तयार हुन्छन् भने त्यसमा कसैले आपत्ति जनाउनु पर्ने भएन । तर, उनीहरुलाई हेयभावले प्रस्तुत गर्न भने पाइदैन । कसले कसैलाई अपमानित गर्न मिल्दैन । रियल लाइफमा मात्रै हो भने त्यो भनेर कसैले गर्छ भने पाइन्छ । त्यसमा आपत्ति जनाउनु पर्छ भन्ने मलाई लाग्दैन ।” शर्माले भनिन् ।
नयाँ संविधानले पहिलोपटक नेपालमा संमलिंगी तेस्रोलिंगीलाई अधिकार दिनु सकारात्मक भएको भन्दै उनले अब त्यसलाई ब्यबाहारमा कार्यान्वयन गर्नु पर्नेमा जोड दिइन । “संविधानमा लेखिदैमा सबै भै गयो भन्ने होइन । संविधानमा लेखिएका धेरै कुरा कार्यान्वयन नभएका असंख्य विषय छन् । त्यसमा ध्यान दिनुपर्छ ।” शर्माले भनिन् ।
महिला पुरुष सरह समान व्यवाहार हुनु पर्नेमा जोड दिदै उनले समाजमा चेतनाको लेबल माथि नउठेसम्म समलिंगी तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन नआउने उनको भनाइ छ ।
शर्माले भनिन्, “चलचित्र क्षेत्रमा लाग्नेलाई त अझै फरक नजरले हेरिन्छ । यो त धेरै परको कुरा भयो । महिला पुरुष समान हुँदैमा महिलालाई फरक तरिकाले हेरिन्छ । चलचित्र क्षेत्रमा लाग्ने र अरु कुनै क्षेत्रमा लाग्ने महिलालाई त समान नजरले हेरिदैन तेस्रोलिंगी त हेर्दा अलि फरक देखिन्छन् भने यो समाजले कसरी एउटै नजरले हेर्न सक्थ्यो र ।”
नाई नभन्नु ल चारबाट नेपाली चलचित्र उद्योगमा नायिकाका रुपमा डेभ्यु गरेकी आँचल आफ्नो भविश्य यही चलचित्र सँग गाँसीएको बताउँछिन् । “यो चलचित्र मेरो भूमिकालाई दर्शकले रुचाईदिनु भयो भने मलाई सहज हुनेछ । तर, यसमा मेरा केही कमजोरी भएका रहेछन् भने आगामी दिनमा त्यो सच्याउने प्रयास गर्नेछु ।”
प्रदर्शनको तयारीमा रहेको चलचित्र नाई नभन्नु ल चारको प्रतिक्रियापछि मात्रै अन्य चलचित्रमा अभिनय गर्ने उनले बताइन् । नाई नभन्नु ल चारले यही चैत्र २६ गते प्रदर्शनको डेट लिएको यो चलचित्रका निर्माता विकास आचार्यले बताए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.