निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

भैरहवामा अन्तलिंगी बच्चाको जन्म : पहिचान टोलीका कारण समाजमा सहज वातावरण भएकोे भनाइ

भैरहवामा अन्तलिंगी बच्चाको जन्म : पहिचान टोलीका कारण समाजमा सहज वातावरण भएकोे भनाइ

675
SHARES

बिनोद विसी/रुपन्देही (पहिचान) चैत्र ६ – रुपन्देहीको पोखरभिण्डी २ मा एक जना अन्तरलिंगी बच्चाको जन्म भएको छ । यही चैत्र १ गते विहान ४ बजे भैरहवा मेडिकल कलेज रुपन्देहीमा जन्मिएका बच्चाको लिंग अस्पस्ट छ।

अन्तरलिंगी बच्चा आमा सन्ध्या यादवको कोखबाट जन्मिएका हुन्। जसका पिता सुरेश यादव हुन्। भैरहवाको मेडिकल कलेजमा जन्मेको बच्चा देखेर डाक्टर र नर्सहरु समेत आस्चर्यमा परेका थिए। अन्तरलिंगी बच्चा जन्मदा डाक्टरले परिवारलाई र आफन्तले स्वभाविक रुपमा यस्ता बच्चाको जन्म हुँनेकुरा बुझाउनुपर्ने हो । तर उनीहरुले नै बच्चाको लैगिक पहिचानप्रति आस्चार्य प्रकट गरे।
IMG_6340

अन्तर लिंगी बच्चा जन्मेको खबर पाएपछि नील हिरा समाज भैरहवाको टोलीले बच्चाको स्वास्थ्य स्थिती र बच्चालाई परिवार लगायत समाजले गर्ने व्यवहारको विषयमा अवलोकन गरेको थियो। अबलोकनका क्रममा छिमेकमा रहेका केही रुढिवादी सोच भएकाहरुले नकारात्मक धारणा राखेका पाइएको छ भने बच्चाका परिवारले भने त्यसलाइ स्वभाविक रुपमा लिएको पाइएको छ।

नील हिरा समाज भैरहवाकी मानव अधिकार कर्मी विष्णु माया प्रजाले अनुगमन गरेकी थिइन्। पहिचान सहकर्मी सहित पोखरभिण्डी पुगेकी प्रजाले यादव परिवारलाई यहाँ मात्र नभएर विश्वको जुनसुकै कुनामा यस्ता बच्चा जन्मिने भन्दै यसलाई समान्यरुपमा लिन आग्रह गरिन। साथै उनले बच्चाको अहिले नै कुनै किसिमको सल्यक्रिया नगर्न परिवारजनलाई सुझाव दिइन्।

अन्तर लिंगी बच्चा कोही बालक कोही बालिका कोही तेस्रोलिंगी हुने भएकाले बच्चा हुर्केपछि मात्र सल्यक्रिया गर्न पनि उनले सुझाव दिइन्। नील हिरा समाजको टोलिले सुझाव सल्लाह र हौसला दिन गएपछि समाजले जे जस्तो भने पनि आफ्नो परिवार सकारात्मक रहेको र समाजसँग लड्ने मनोवल बढेको सन्ध्या कि जेठानिले पहिचान अनलाईनलाई बताएकी छन्।

समाचार शेयर गर्नुहोस्
675
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.