“म तेस्रोलिंगी हुँ”

“म तेस्रोलिंगी हुँ”

कैलाली (पहिचान) चैत्र ८ – दुर्गौली सुर्वनपुरमा जन्मिएका जयप्रकाश चौधरीको समयसँगै पहिचान पनि फेरीयो । जयप्रकाश अहिले उमेरले २६ वर्षका भए । जन्मिदा बालक भएपनि १४ वर्षदेखी उनलाई आफू बालिका हुँ कि जस्तो लाग्थ्यो ।
Anuska१४ वर्षको उमेरबाट नै यौन अनुभूति महिलाको भएका उनले लामो समयसम्म अरुलाई आफ्नो यौन अनुभूति र चाहाना बारे बताउन सकेनन् । दुई वर्ष अघि उनले हिम्मत जुटाए र आफ्नो पहिचान खुलाए । र भने, “म तेस्रोलिंगी हुँ ।”
हिम्मत मात्रै जुटेन, हिम्मतसँगै उनको नाम पनि नयाँ जुर्यो,–अनुश्का । उनलाई अहिले सबैले अनुश्का भनेर बोलाउँछन् । पहिचान अनुसार बाँच्ने निर्णय गरेकी उनी एमएड दोस्रो वर्षमा अध्ययनरत छिन् । परिवारमा माईलो छोराको रुपमा जन्मिएपनि उनी अहिले छोरीकै गेटअपमा हिड्छिन् ।
अनुश्का आफूलाई तेस्रोलिंगी भएकै कारण घरपरिवार, समाजले नकारात्मक दृष्टिकोणले हेरिरहेको गुनासो गर्छिन् । कतिपय समलिंगी तेस्रोलिंगीलाई परिवार समाजबाट नै वहिष्कार गरेको र रोजगारबाट पनि निकालेको वताइन् । समाजले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई पनि समान व्वयवाहार गर्नु पर्नेमा उनको जोड छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.