“५ बर्षको उमेरमै केटी बन्न मन लाग्थ्यो”

“५ बर्षको उमेरमै केटी बन्न मन लाग्थ्यो”

काठमाडौं/पहिचान – ‘शहर छिरेको २० बर्ष भयो, सामान्य समस्या नपर्ने हुँदैन तर केहीदिन अघि चारदिनसम्म बेहोस भएर अस्पतालको बेडमा ढले, मरियो भन्ने लाग्या थियो मलाई बचाएछन्’ तेस्रोलिंगी दुर्गा लावती उर्फ रुपाले अस्पतालबाट डिस्चार्ज भएर भुईतलाको कोठामा आराम गरिरहँदा पहिचान अनलाइनसँग भनिन्, मेरा लागि नील हिरा समाज भगवान भइदियो । उमेरले ४२ बर्ष टेकेकी तेस्रोलिंगी महिला रुपाको मस्तिष्कमा ब्लड जमेर बेहोस भएकी हुन् ।

Rupa 2उनलाई उपचारका लागि मेडिकेयर हुँदै बीर अस्पतालमा लगिएको थियो । बहालमा लिएको कोठा भाडा तिर्न र विहान बेलुकाको छाक टार्न पुग्ने कमाई मात्रै भएकी रुपालाई नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले आफ्नो टोल छिमेक र यौनिक तथा लैंगिक अल्पसंख्यकहरुसँग चन्दा संकलन गरेर उपचार खर्च जुटाइदिएकी थिइन । गुरुङको पहलमा रुपाको उपचार खर्चका लागि ५५ हजार रुपैयाँ संकलन भएको थियो । मर्दा पर्दा साथ दिने संस्था रहेछ नील हिरा समाज रुपाले भनिन्, लुकेर बस्नु भएको छ भनेर खुलेर आउन म आव्हान गर्छु । रुपाले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवाद दिदै परेको बेला अरुलाई पनि सहयोग गर्न पाउँ भन्ने इच्छा रहेको वताइन ।

रुपाको जन्म घर इलामको चिसापानी हो । उनले चिसापानी बिद्यालयमा कक्षा ५ सम्म मात्रै अध्ययन गरिन् । स्कूलबाट घर पुग्ने वित्तिकै केटीको लुगा लगाउँथे र निस्कन्थे रुपाले भनिन्, जन्मेको केटा लुगाउछ केटीको भनेर घरमा गाली गरिरहन्थे । घरको गाली सहन नसकेर काठमाडौं आएको वताउने रुपाले केही समय नील हिरा समाजमा पनि काम गरेकी थिइन ।

५ दाजु भाई र ६ दिदी बहिनी मध्ये काइलो सन्तान रुपा काठमाडौं आएदेखि जम्मा दुई पटक मात्रै घर पुगेकी तेस्रोलिंगी महिला रुपाले घरमा अहिलेसम्म आफू तेस्रोलिंगी हुँ भन्न सकेकी छैनन् । घर परिवारले स्वीकादैन कसरी भनौ ? रुपाले भनिन्, बुबा बितिसक्नु भएको छ आमा, दाजु र दिदी बहिनी छन् उनीहरुले स्वीकार गरेर बोलाउने आशामा छु । रुपाले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सबै व्यक्ति खुलेर आउनु पर्ने र अधिकारका लागि एकजुट भएर अगाडि बढ्नु पर्ने वताइन ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.