सरसफाई अभियानमा समलिंगी तेस्रोलिंगीलाई हिसिलाको हौसला

सरसफाई अभियानमा समलिंगी तेस्रोलिंगीलाई हिसिलाको हौसला

635
SHARES

काठमाडौं (पहिचान) चैत्र १३ – क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा समलिंगी तेस्रोलिंगीले उत्साह पूर्वक सहभागिता जनाएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले अभियानका क्रममा विहान दुई घण्टा बौद्ध स्तुपामा सरसफाई गरे ।

cleaning 4नयाँ शक्ति नेपालले शुरु गरेको क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा यौनिक तथा लैंगिंक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङको नेतृत्वमा समूदायका सदस्यले उत्साहका साथ बौद्ध स्तुपा परिसरको सरसफाई गरे । मन्दिर परिसरमा रहेको फोहोर हटाउन पाउँदा मनमा आनन्दको महसुस भएको नयाँ शक्ति अभियानकी केन्द्रिय परिषद् सदस्य समेत रहेकी समाजकी अध्यक्ष गुरुङले वताइन । काठमाडौं सफा राख्नु पर्छ भन्ने चेतना सबैमा जागेमा फोहोरको दुर्गन्ध हट्ने उनको बिश्वास छ ।cleaning 2

फोहोर हटाउँदै गरेका समलिंगी तेस्रोलिंगीलाई नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले चासो राखेर कति जान हुनुहुन्छ भनेर सोधनी गरिन । हामी ५० जना भन्दा धेरै आएका छौ गुरुङले भनिन् अघिल्लो हप्ता पशुपतिनाथ मन्दिर परिसरको फोहोर हटाउन समूदायका २ सय भन्दा धेरै सदस्य सहभागी थिए । हो र, यति धेरै आउनु भएको छ, ल राम्रो भन्दै हिसिलाले समलिंगी तेस्रोलिंगीसँगै फोहोर हटाइन र सामूहिक तस्विर पनि खिचाईन । हिसिलाले हामीसँगै आएर फोहोर हटाउनु भयो, हामी धेरै खुशी छौ समलिंगी तेस्रोलिंगीले भने, हामीमा हौसला बढेको छ ।

समाचार शेयर गर्नुहोस्
635
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.