“जापानमा त समलिंगी तेस्रोलिंगीलाई इज्जत पो गरिदोरहेछ”

“जापानमा त समलिंगी तेस्रोलिंगीलाई इज्जत पो गरिदोरहेछ”

काठमाडौं (पहिचान) चैत्र १६ – “कुरा यस्तै सन् १९९८ तिरको हो । म सांगीतिक कार्यक्रमका लागि जापान पुगेको थिएँ । त्यहाँ त समलिंगी तेस्रोलिंगीले त आँफै टेलिभिजन कार्यक्रमको पो चलाउँदा रहेछन् । म छक्क परें,” गायक सूर्य थुलुङले भने, “नेपालमा अझै उनीहरुलाई विभेदको नजरले हेरिन्छ, त्यहाँ त त्यही बेला इज्जत गरिन्थ्यो । त्यहाँ त्यो समय नै भएको कुरा यहाँ भख्खर हुँदैछ । आशा गरौं यहाँ पनि त्यहाँ जस्तै अब सम्मान र इज्जत गरिनेछ ।”
उनले भने, “समाजले इज्जत गरेपछि उहाँहरु उत्साहित हुने छन । हामी कति कार्यक्रममा सँगै हुन्थ्यौं । सँगै मिलेर कार्यक्रम गर्यौं ।” नेपालमा भने भख्खरै उनीहरुलाई अधिकार दिन थालिएकोमा गायक थुलुङले खुसी ब्यक्त गरे । उनले भने, “संविधानमा अधिकार सुरक्षित पहिलोपटक गरिएको छ । अब बिस्तारै उनीहरुमाथि हुँदै आएको विभेद अन्त्य हुनेछ,” उनले भने,“सबै मानव समान हुन्, उनीहरु पनि प्राकृतिक नै हुन् । समलिंगी तेस्रोलिंगीलाई बिस्तारै समाजले बुझ्दैछ । उनीहरु पनि फरक हुन भन्ने बुझ्ने मान्छे बढ्दैछन् । प्रकृतिको बदरदान भन्ने भावनाको विकास हुँदैछ ।”
पहिचानको युद्धमा रहेका समलिंगी तेस्रोलिंगी अझै सशक्त हुनुपर्ने र त्यसका लागि पहिचान खुलाएर आउनु पर्नेमा उनको जोड छ । प्रकृतिको बरदान हो भनेर परिवारले नबुझेसम्म समाजले पनि समानरुपमा हेर्न नसक्ने उनको भनाई छ । “आफ्नै रगतलाई फरक नजरले जवसम्म परिवारले हेर्दैन, तबसम्म उनीहरुमाथीको विभेद अन्त्य हुँदैन ।”
समाजमा चेतनाको स्तरमाथी उठ्न नसकेका कारण पनि समलिंगी तेस्रोलिंगीमाथी विभेदको नजरले हेर्ने दृष्टिकोणको अन्त्य हुन नसकेको उनको बुझाई छ । समाजमा आफूप्रति रहेको फरक हेराई अन्त्यका लागि जारी पहिचान र अधिकारको लडाईलाई अझ प्रभावकारी बनाउन समलिंगी तेस्रोलिंगीलाई उनको सुझाव छ ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.