प्रहरीको कुटाइबाट तेस्रोलिंगी रोशनी घाइते, मानवअधिकार आयोगमा उजुरी

प्रहरीको कुटाइबाट तेस्रोलिंगी रोशनी घाइते, मानवअधिकार आयोगमा उजुरी

काठमाडौं (पहिचान) चैत्र १६ – प्रहरीले तेस्रोलिंगी रोशनी लामालाई निर्धात कुटेको छ । जमलबाट सामान खरिद गरेर फर्कदै गर्दा रत्नपार्क शान्तिबाटिकामा प्रहरीले तेस्रोलिंगी रोशनीलाई निर्घात कुटेको हो । प्रहरीको कुटाइबाट बेहोस भएकी रोशनीको शिक्षण अस्पताल पुर्याएको दुई घण्टापछि होस आएको प्रत्यक्षदर्शी तेस्रोलिंगी सुनिता लामाले वताइन ।

Rosani 1शनिवार बेलुका साढे ७ बजे प्रहरी वृत्त दरवारमार्गका हवल्दारद्धय दान बहादुर घिमिरे र शेरबहादुर गुरुङ तथा जवान श्याम पहरीले आफूलाई निर्धात कुटपिट गरेको रोशनीले वताइन । सामान किनेर फर्कदै थिए केही व्यक्तिले धकेलाधकेल गरेपछि म नजिकै रहेका प्रहरीसँग सहयोग माग्न गए रोशनीले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएपछि पहिचान अनलाइनसँग भनिन्, सहयोग पाउनु त कता हो कता हो उल्टै कुटाइ खानु पर्यो । रोशनीले कुटपिटमा संलग्न प्रहरीलाई कानुनी कारावही गर्न, उपचार खर्च र क्षतिपूर्ति दिलाइदिन आयोगमा उजुरी दिएकी छन् ।Rosani

आयोगका पुगेका समलिंगी तेस्रोलिंगीहरुले दरवारमार्गको बाटो भएर हिड्न समेत नदिने र दरवारमार्गको बाटो भएर हिड्नका लागि सर्वोच्च अदालतको आदेश ल्याउनु पर्ने धम्की दिदै आएको वताए । दरवारमार्गको बाटो भएर हिड्दा प्रहरीले लखेट्ने र पिट्ने गरेको छ समलिंगी तेस्रोलिंगीहरुले भने, के हामी स्वतन्त्र पूर्वक हिडडुल गर्न पाउँदैनौ ? रोशनीले उजुरीमा कुटपिटबाट चोट लागेको देव्रे आँखा, नाक, चिउडो र डाडको तस्विर एवं शिक्षण अस्पतालमा गराएको उपचारको मेडिकल रिपोर्ट आयोगमा बुझाएकी छन् ।

नील हिरा समाजको नर्वेजियन परियोजनामा कार्यरत अधिकारकर्मी बिश्वराज अधिकारी, इशान रेग्मी, अधिवक्ता सुजन पन्त र सहारा परियोजनामा कार्यरत भक्ती शाहले दोषीलाई कानुन अनुसार कारवाही हुनुपर्ने वताए । तेस्रोलिंगी मुस्कानले काम बिशेष, परिवारका सदस्य, साथी भाइसँग हिड्दा पनि प्रहरीले लखेटेरै कुट्ने गरेको वताइन ।

समाजका कानुनी सल्लाहकार अधिवक्ता पन्तले मानवअधिकार उल्लंघनको घटना नील हिरा समाजमा आएपछि रोशनीलाई मानवअधिकार आयोगमा उजुरी दिन लगाएको जानकारी दिए । नेपालमा मानवअधिकार उल्लघंनको घटनाको छानविन गरी सत्यतथ्य पत्ता लगाई दोषीलाई कारवाहीको सिफारिस गर्ने एक मात्रै निकाय आयोग हो पन्तले भने, सवुत प्रमाण सहित उजुरी दिएका छौ, बाँकी काम आयोगले गर्नेछ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरिक्षक माधवप्रसाद जोशीले कुटपिट भएको नभएकोबारे सोधपुछ गर्ने वताए । कुटपिट भएपछि प्रहरीकोमा आउनु पर्छ जोशीले पहिचान अनलाइनसँग भने, त्यतिकै यस्तो घटना भए नभएको बुझेर मात्रै प्रतिक्रिया दिन्छौ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.