ज्ञानको अभावमा तेस्रोलिंगीलाई विभेद भयो : कमल खत्री

ज्ञानको अभावमा तेस्रोलिंगीलाई विभेद भयो : कमल खत्री

काठमाडौं (पहिचान) चैत्र १७ – गायक कमल खत्रीले चेतनाको कमीले यौनिक तथा लैंगिक अल्पसंख्यकलाई विभेद भइरहेको बताएका छन् । रेडियो कार्यक्रम पहिचानसँगको कुराकानीमा गायक खत्रीले आम नागरिकले ज्ञानको कमीका कारण समलिंगी तेस्रोलिंगीमाथी फरक नजरले हेर्ने गरेको उनको भनाई छ ।
Kamal khatri“समाजमा महिला र पुरुष मात्र छन् भनिन्छ, तर त्यती मात्र होइन यहाँ हामी भन्दा फरक समलिंगी तेस्रोलिंगी पनि हुन्छन्, हर्मोन या अरु कुनै कारण उनीहरु हामी भन्दा फरक हुन्छन्,” गायक खत्रीले भने, “सबै आ आफ्नो तरिकारले बाँच्न पाउनुपर्छ । फरक भएकै कारण विभेदको शिकार बनाइनु हुँदैन । सबैलाई समान तरिकाले बाँच्न पाउने अधिकार छ ।”
“धर्तीमा महिला र पुरुष मात्रै होइन समलिंगी तेस्रोलिंगी पनि हुन्छन् भन्ने सबैलाई जानकारी जहिले हुन्छ अनि मात्र यो अवस्थाको अन्त्य हुन्छ ।” उनले भने ।
अझै पनि आम नागरिकले समलिंगी तेस्रोलिंगीबारे स्पष्ट जानकारी नभएका कारण उनीहरुको प्रतिनिधित्व र विषयले सबै ठाउँमा प्रवेश नपाएको उनको भनाई छ । “समलिंगी तेस्रोलिंगीबारे सबैलाई ज्ञान भएपछि र उनीहरुका विषय समाजमा खुलेर उठ्न र उठाउन थालेपछि उनीहरुका विषयले हरेक ठाउँमा प्रवेश पाउछन् भन्ने मलाई लाग्छ,” गायक खत्रीले भने, “सबैलाई थाहा भएपछि गीतकारले पनि आफ्नो शब्दमा समलिंगी तेस्रोलिंगीलाई समेट्ला त्यसो भएपछि गायकले त गाउने नै भयो । यसका लागि सुरुमा त ज्ञान नै चाहियो ।”
आत्मामा……, टुक्रेको मुटु….., रोइरहन्छु…..जस्ता लोकप्रिय गीतका गायक खत्री चाँडै अर्को नयाँ एल्बम लिएर आफ्ना स्रोतामाझ आउँदैछन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.