पाटनदरवार क्षेत्रको फाहोर हटाउँदै समलिंगी तेस्रोलिंगी

पाटनदरवार क्षेत्रको फाहोर हटाउँदै समलिंगी तेस्रोलिंगी

ललितपुर (पहिचान) चैत्र २० -यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले पाटन दरवार क्षेत्र सफा गरेका छन् । क्लिन काठमाडौं, ग्रिन काठमाडौं अभियानमा सहभागीता जनाउँदै समलिंगी तेस्रोलिंगीले पाटन दरवार क्षेत्रको सर सफाई गरेका हुन् ।

Patan 1हातमा झाडु, मुखमा माक्स लगाएका समूदायका सदस्यले ललितपुरको लगनखेलदेखि कृष्णमन्दिर हुँदै बंगलामुखी मन्दिर क्षेत्रको फोहोर हटाए । कृष्ण मन्दिर परिसरमा भेटिएकी नयाँ शक्ति नेपालकी नेतृ हिसिला यमीले समलिंगी तेस्रोलिंगीले गरेको कामको प्रशंसा गरिन । आज फोटो नखिचौ काम गरौ जाउँ जाउँ आउनुहोस भन्दै यमीले फोहोर हटाउने काममा लागेका समलिंगी तेस्रोलिंगी सहित सबैमा उत्साह जगाइदिइन ।

यौनिक तथा लैंगिक अल्पसंख्यक समलिंगी तेस्रोलिंगी द्वलिंगी र अन्तरलिंगी समूदायका सदस्यले यसअघि पशुपति मन्दिर र बौद्ध स्तुपा क्षेत्रमा रहेको फोहोर हटाएका थिए ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.