निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

‘तेस्रोलिंगीका लागि छुट्टै निर्देशिका जारी गर्न सकिन्छ’

‘तेस्रोलिंगीका लागि छुट्टै निर्देशिका जारी गर्न सकिन्छ’

613
SHARES

काठमाडौं (पहिचान) चैत्र २५ – प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले तेस्रोलिंगीका लागि छुट्टै निर्देशिका जारी गर्न सकिने बताएका छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको अवाज कार्यक्रम पहिचानसँग कुरा गदै अध्यक्ष कार्कीले आचारसंहिताको मक्सत नै कसैलाई पनि लान्छित वा अपमानित हुन नदिने भएकाले उनीहरुलाई पनि सम्मानको वातावरण निर्माणका लागि निर्देशिका जारी गर्न सकिने बताए ।
Borna Karki‘हामीले बालबालिकाका लागि छुट्टै निर्देशिका जारी गर्न सकिने विषयको अन्तिम चरणको छलफलमा छौ’ अध्यक्ष कार्कीले भने, ‘महिलाका विषयमा पनि निर्देशिका जारी गर्ने बहसमा हामी जुटीरहेका छौं, यौनिक तथा लैंगिक अल्पसंख्यकसहित अन्य अल्पसंख्यक र सिमान्तकृत समुदायका विषयमा पनि छुट्टै निर्देशिका जारी गर्न सकिन्छ ।’ उनले पत्रकार आचार संहिताले विशेष समूदायका लागि निर्देशिका जारी गर्ने अधिकार दिएको बताए ।
‘पत्रकारिता क्षेत्रका लागि आचार संहिता भनेको संविधान जस्तै हो’ उनले भने, ‘संविधान कार्यान्वयन गर्नका लागि जसरी कानुन निर्माण गरिन्छ, त्यसरी नै आचार संहिता प्रभावकारी कार्यान्वयन गर्न निर्देशिका जारी गरिन्छ ।’ उनले अन्य समुदाय र लिंगबाट आचार संहिता प्रभावकारी बनाउन आफू समक्ष सुझाव आए पनि समलिंगी तेस्रोलिंगी समुदायबाट त्यस्तो सुझाव नआएको बताए । ‘संगठित रुपमा तेस्रोलिंगीका विषयमा यस्ता शब्दावली लेखिनुपर्यो भनेर कुनै सुझाव आएका छैनन्’, कार्कीले भने ।
वरिष्ठ अधिवक्ता समेत रहेका कार्कीले कानुनका दृष्टिमा देशका सबै नागरिक समान भएको भन्दै कसैले पनि विभेदको महसुस गर्न नहुने बताए । ‘समलिंगी तेस्रोलिंगी पनि देशका अन्य नागरिक समानकै नागरिक हुन्’ उनले भने, ‘त्यसैले उनीहरुलाई पनि विभेद मुक्त गरेर सम्मानको वातावरण बनाउनु सबैको कर्तव्य हो ।’ उनले झन मिडिया क्षेत्रले त यस्ता विषयमा विशेष ध्यान दिनुपर्ने बताए । ‘राज्यले गरेका काममा समेत ‘वाचडग’को भूमिका निर्वाह गर्ने मिडियाले त झन सबैलाई सम्मानको वातावरण निर्माणमा विशेष ध्यान दिनुपर्छ’ उनले भने । कार्कीले मिडिया क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन काउन्सिलले काम गरिरहेको बताए ।

समाचार शेयर गर्नुहोस्
613
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.