महंगी, कालोबजारी र भ्रष्टाचार बिरुद्ध तेस्रोलिंगी सडकमा

महंगी, कालोबजारी र भ्रष्टाचार बिरुद्ध तेस्रोलिंगी सडकमा

584
SHARES

काठमाडौं (पहिचान) चैत्र २८ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले महंगी, कालोबजारी र भ्रष्टचार विरुद्ध भद्रकालीमा धर्ना दिएका छन् । डाक्टर बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति नेपालको अगुवाईमा समलिंगी, तेस्रोलिंगी, दुईलिंगी र अन्तरलिंगीले मंहगी, कालोबजारी र भ्रष्टचार विरुद्ध धर्ना दिए ।

Kalobazariउनीहरुले भूकम्पपीडितलाई राहत र पुनर्निर्माणलाई तिव्रता दिन समेत माग गरे । ‘राष्ट्रिय एकता कायम गरौँ, कालोबजारी अन्त्य गर, भूकम्पपीडतलाई तत्काल राहत दिऊँ, महिला हिंसा अन्त्य गर, भ्रष्टचारीलाई कारवाही गर, दैनिक उपभोग्य वस्तु सहज पार, मधेश आन्दोलनका जायज माग पूरा गर, पूननिर्माणको काम छिटो गर’ लगायतका नारा धर्नामा सहभागीले लगाएका थिए । धर्नामा बसेकाहरुले विभिन्न नारासहितका प्लेकार्ड बोकेका थिए ।Kalobazari 2

कालोबजारी बन्द हुनुपर्ने, सरकार यसका लागि गम्भीर भएर लाग्नुपर्ने, भूकम्पपीडितलाई तत्काल राहत दिनुपर्ने तथा छिटो पुनर्निर्माणको काम अगाडि बढाउनु माग सहित धर्ना दिएको नील हिरा समाजकी अध्यक्ष एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रिय परिषद् सदस्य पिंकी गुरुङले वताइन । नयाँ शक्ति नेपालको धर्नामा सहभागी नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले मंहगी र कालोबजारीका कारण जीवन यापनमा समेत कठिनाई परेकाले सांकेतिक विरोध गरेको वताए । 

समाचार शेयर गर्नुहोस्
584
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.