परिवर्तन नेपालमा नयाँ कार्य समिति

परिवर्तन नेपालमा नयाँ कार्य समिति

कास्की (पहिचान) बैशाख २ – तेस्रोलिंगी राज थापाको अध्यक्षतामा परिवर्तन नेपाल पोखराको नयाँ कार्य समिति चयन भएको छ । यौनिक तथा लैंगिक अल्पसख्यक समुदायको अधिकार प्राप्तिको अभियान चलाउँदै आएको परिवर्तन नेपाल २०६६ सालमा स्थापना भएको हो । संस्था स्थापनाको समयमा तेस्रोलिंगी बिष्णु अधिकार अध्यक्ष थिए । अधिकारी पछि रुपेश थापा मगर परिवर्तन नेपाल पोखराको अध्यक्ष भएका थिए ।

रुपेशले आफ्नो ठुलो भूमिकाको साथ परिवर्तन नेपालमा आएका चुनौतीको सामना गरेर काम गरेको वताए । थापाले आफ्नो २ वर्षे कार्यकाल सके पनि फेरी अर्को कार्यकालमा आफै अध्यक्ष पदमा रहेर काम गर्ने मौका पाएकोमा गौरव महसुस गरेको वताए । परिवर्तन नेपालका कार्यक्रम संयोजक विन्दिया गौतमले संस्था र समूदायका लागि आफूहरु सधै क्रियाशिल रहेको वताइन ।Paribartan

दुई कार्यकाल पूरा गरेका थापाले उपाध्यक्ष राज थापालाई अध्यक्षमा चयन गर्न राखेको प्रस्ताव सर्वसम्मत पारित भएर नयाँ कार्य समिति चयन भएको हो । अध्यक्षमा निर्वाचित राज थापाले आफ्नो कार्यकालमा जस्तो चुनौती आए पनि यौनिक तथा लैंगिक अल्पसख्यक समुदायको अधिकार प्राप्तिको अभियानमा डटेर काम गर्ने प्रतिवद्धता जनाए ।

परिवर्तन नेपालको नयाँ कार्य समितिको अध्यक्षमा लक्ष्मी सिलवाल (राज थापा), उपाध्यक्षमा पार्वती गुरुङ्ग, सचिवमा अञ्जली थापा, कोषाध्यक्षमा भगवती पनेरु (विपना), सदस्यहरुमा मिलन थापा, दिपा सिनाल, विमल वि क, रोशन राई ( रोशनी ) र रुद्र वहादुर थापा (श्रीया ) निर्वाचित भएका छन् । यस्तै सल्लाकारहरुमा विनोद गौतम ( विन्दीया ), राजु थकाली, रुपा थापा मगर, खड्क वहादुर थापा ( वर्षा ) लाई चयन गरिएको छ ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.