काठमाडौं (पहिचान) बैशाख २ – तेस्रोलिंगी सौन्र्दय (मिस पिंक) प्रतियोगिता २०१६ हुने भएको छ । यौनिक तथा लैंगिक अल्पसंख्यकहरुको मातृ संस्था नील हिरा समाज र समाजको शाखा कार्यालय क्रुजेज नेपालले मिस पिंक प्रतियोगिता गर्न लागेका हुन् । समलिंगी तेस्रोलिंगीहरुको अन्तराष्ट्रिय घृणा विरुद्धको दिवसमा प्रतियोगिता गर्न लागेको समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।
नील हिरा समाज स्थापनादेखि नै हुँदै आएको मिस पिंक प्रतियोगिताका पहिलो मिस पिंकको उपाधी तेस्रोलिंगी उमेश पाण्डेले पहिरिएका थिए । जन्मदाँ पुरुष तर हुर्कदै बढ्दै जादाँ महिला स्वभाव, हाउ भाउ र व्यवहार भएका तेस्रोलिंगी महिलाले मिस पिंकमा सहभागी हुन पाउने समाजकी कार्यकारी निर्देशक मनिषा ढकालले जानकारी दिइन ।
प्रतियोगितामा सहभागी हुनका लागि उमेरको हदबन्दी तोकिएको छैन ढकालले भनिन्, सहभागी हुन चाहनेले नील हिरा समाजको केन्द्रीय कार्यालय धुम्वाराही काठमाडौंमा निवेदन दिन सक्छन् । समलिंगी तेस्रोलिंगी अन्तरलिंगी दुईलिंगी समूदायका सदस्य माथि हुँदै आएको विभेद, दुव्यवहार अन्त्यका लागि मिस पिंकले सहयोग गर्ने समाजका उप निर्देशक परसुराम राईले वताए ।
मिस पिंकमा सहभागी हुन चाहनेले आफ्नो व्यक्तिगत विवरण, हाससालै खिचेको तस्बिर र दरखास्त फारम भर्नु पर्नेछ । दरखास्त फारम बैशाख ३ गते अप्रिल १५ देखि बैशाख १३ अप्रिल २५ सम्म खुल्ला रहनेछ । दरखास्त फारमको छनौट गरेर १८ देखि २० जनालाई मे १ तारिख देखि तालिम सुरु हुनेछ ।
लुकेर बसेकालाई खुलेर आउने वातावरण तयार गर्न र समूदायका सदस्य बिरुद्ध हुने घृणा अन्त्य गर्न मिस पिंकले सहयोग गर्ने अपेक्षा नील हिरा समाजले गरेको छ । समाजले सन् २०१३ मा गरेको मिष्टर गे ह्याण्डसम प्रतियोगितामा बिश्वराज अधिकारीले उपाधी जितेका थिए ।
"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"
Copyright © All right reserved to pahichan.com Site By: Sobij.