निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

“यौनिक अल्पसंख्यक मानवअधिकार विरुद्धका हिंसा सहन बाध्य छन्”

“यौनिक अल्पसंख्यक मानवअधिकार विरुद्धका हिंसा सहन बाध्य छन्”

947
SHARES

काठमाडौं (पहिचान) बैशाख ३ – तेस्रोलिंगी मानवअधिकारकर्मी सुशीला लामाले समलिंगी तेस्रोलिंगीहरु मानवअधिकार विरुद्धका हिंसा सहन बाध्य भएको बताएकी छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको आवाज कार्यक्रम पहिचानसँग कुरा गर्दै मानवअधिकारकर्मी लामाले परिवार र राज्यस्तरबाट हुने मानवताविरोधी हिंसा अहिले पनि जारी रहेको बताइन् ।
Sushila 1‘हामीसँग लामो समय देखि प्रेम सम्बन्धमा रहेका महिला जोडीको विषय पनि रेकर्ड छ’, नील हिरा समाज अन्तर्गतको सहारा परियोजनाकी कन्ट्री अफिसर समेत रहेकी अधिकारकर्मी लामाले भनिन्, ‘जसमा त्यस जोडीको प्रेमलाई समाजले स्वीकार नगरेपछि उनीहरु भागेर अन्यत्र बसोवास सुरु गरे तर परिवारले फिर्ता लगेर उनीहरुलाई छुट्टा छुट्टै बस्न बाध्य बनाइदियो ।’ उनले संविधानले यौनिक तथा लैंगिक अल्पसंख्यक भनेर संबोधन गरे पनि उनीहरु सँगै बस्न पाउने अधिकारबाट बञ्चित हुनु परेको बताईन ।
‘यस्ता घट्नामा आत्महत्या गर्नेको संख्या ठुलो छ’ लामाले भनिन्, ‘तर पूर्वाञ्चलको त्यो जोडी एउटै ठाउँका भएको र अहिले पनि भेटघाट संभव भएकैले मात्र त्यस्तो अशुभ केही भएको छैन ।’ उनले यस्ता धेरै समलिंगी जोडीहरु मानवअधिकार उपभोग गर्न नपाएर ताड्पीएर बाँचिरहेको बताइन् ।
लामाले अहिले पनि नेपाल प्रहरीका जवानहरुले तेस्रोलिंगीलाई जे गरे पनि र भने पनि हुने मान्यता राख्ने गरेको बताइन् । उनले तेस्रोलिंगी रोशनी तामाङलाई त प्रहरीले निर्घात कुटपिट गरेर मानवअधिकार आयोगमा उजुरी समेत गरेको जानकारी दिइन् ।
लामाले आफूहरुले यस्ता घट्नाको अभिलेखीकरण र अन्तराष्ट्रिय संस्था ह्युरिडक्समा रिपोर्टिङ गर्ने बताईन् । ‘हामीले यहाँबाट टिपाएका मानवअधिकार विरुद्धका घटना जर्मनीमा रहेको ह्युरीडक्सले अन्तराष्ट्रियकरण गर्ने काम गर्छ’ लामाले भनिन् ।
‘सन् २०१५ मा मात्र नेपालमा ३२ वटा मानवअधिकार उलंघनका घटना तेस्रोलिंगी विरुद्ध घटेका छन र त्यसको अभिलेखिकणको काम हामीले गरेका छौ’ लामाले भनिन्, ‘ती घट्नाहरु ह्युरीडक्समा पुगेर प्रकाशीत भएपछि अन्तराष्ट्रियकरण हुन्छन् ।’

समाचार शेयर गर्नुहोस्
947
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.