निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

सरसफाई अभियानमा सहभागी हुन समलिंगी तेस्रोलिंगीको आग्रह

सरसफाई अभियानमा सहभागी हुन समलिंगी तेस्रोलिंगीको आग्रह

768
SHARES

काठमाडौं (पहिचान) बैशाख ४ – यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले बिश्व सम्पदा सूचिमा रहेको स्वयम्बुनाथको सरसफाई गरेका छन् । समलिंगी तेस्रोलिंगी समूदायका सदस्यहरुले स्वयम्बुनाथ मन्दिर र मन्दिर वरपर रहेका फोहोर हटाए । समूदायका सदस्यले क्लिन काठमाडौं, ग्रिन काठमाडौं अभियानमा सुरुवातदेखि उत्साह पुर्वक सहभागीता जनाउँदै आएका छन् ।

New Shakti LGBTI 1स्वयम्बुनाथको सर सफाईमा झण्डै २ सयको संख्यामा समलिंगी तेस्रोलिंगी सहभागी थिए । राजनीतिको फोहोर बिश्व सम्पदा सूचिमा रहेका सम्पदाहरुमा नपुगोस भनेर आफूहरु निरन्तर सरसफाई अभियानमा लागेको समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था एवं नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रीय परिषद् सदस्य पिंकी गुरुङले वताइन ।New LGBTI

सामाजिक एवं सांस्कृतिक काममा सहभागी हुन पाउँदा खुशी लागेको छ गुरुङले भनिन्, फोहोर हटाउने काममा समूदायका सदस्य उत्साहित भएर लाग्नु अर्को खुशी हो । समूदायका सदस्यले यसअघि भक्तपुर दरवार क्षेत्रको सर सफाई गरेका थिए ।

डाक्टर बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालको क्लिन काठमाडौं ग्रिन काठमाडौं अभियानमा उत्साहपूर्वक सहभागी जनाएका समलिंगी तेस्रोलिंगीले फोहोर हटाउने अभियानमा सहभागी हुन सबैलाई आग्रह समेत गर्दै आएका छन् ।

समाचार शेयर गर्नुहोस्
768
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.