समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा श्रेष्ठको जोड

समलिंगी विवाहलाई मान्यता दिनुपर्नेमा श्रेष्ठको जोड

कपिलवस्तु (पहिचान) बैशाख ६ – कपिलवस्तु नगरपालिकाका शाखा अधिकृत पदमराज श्रेष्ठले समालिंगी तेस्रोलिंगीको अधिकार संविधानमा मात्रै सिमित हुन नहुने बताएका छन् । उनले भने, “कागजको टुक्रामा मात्रै सिमित नगराएर समलिंगी तेस्रोलिंगीको अधिकार कार्यान्यनमा उतार्नु पर्छ ।”
Padam rajरेडियो कार्यक्रम पहिचानसंग कुरा गर्दै श्रेष्ठले समालिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्नेमा जोड दिए । “विवाह भनेको कुनै पनि उमेर पुगेका व्यक्तिको दुई आत्माको मिलन हो ,” उनले भने,“दुई ब्यक्तिबीच मन, बिचार र भावना मिल्छ भने कानुनले संगै बस्ने ब्यबस्था मिलाइदिनु पर्छ ।”
अधिकृत श्रेष्ठले विपरितलिंगी र समलिंगी तेस्रोलिंगीबीच कुनै किसिमको फरक नरहेको भन्दै सवै व्यक्ति समान भएको बताए । फरक पहिचान भएका व्यक्तिमाथि सभ्य नागरिकले समेत समान ब्यवहार नगरेकोप्रति दुःख ब्यक्त गर्दै उनले समाजका विपरितलिंगी व्यक्तिले आफ्नो सोचाईमा परिवर्तन ल्याउनु पर्ने धारणा राखे ।
श्रेष्ठले कपिलबस्तु नगरपालिकामा समलिंगी तेस्रोलिंगीको अधिकारको लागि काम गर्दै आएको नील हीरा समाजको शाखा कार्यालय कपिलबस्तुलाई बजेट छुट्याएको जानकारी दिए ।
श्रेष्ठले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको अधिकारका लागि नव जीवन संस्था कपिल्वस्तुलाई उहाहरणीय काम गरेर देखाउन सुझावसमेत दिए । उनले कामका आधारमा आगामी वर्ष कति बजेट छुट्याउने निर्धारण हुने पनि प्रष्ट पारे ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.