निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

महाभूकम्पको एक बर्ष, दिवंगतहरूको सम्झनामा स्मृतिसभा

महाभूकम्पको एक बर्ष, दिवंगतहरूको सम्झनामा स्मृतिसभा

739
SHARES

काठमाडौं (पहिचान) बैशाख १२ – ठिक एक बर्ष अघि आजकै दिन बैशाख १२ गते गएको महाभूकम्पमा दिवंगत भएकाहरूको स्मृतिमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यलले स्मृति एवं श्रद्धाञ्जली सभा गरेका छन् । नयाँ शक्ति नेपालको आयोजनामा बसन्तपुरमा भएको श्रद्धाञ्जली सभामा दिवंगतहरूको सम्झनामा मौन धारण गरिएको थियो ।

20160424_083326भुँइमा कोरिएको नेपालको नक्सामा दीप प्रज्वलन गरेर नयाँ शक्ति नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईसहित उपस्थित यौनिक तथा लैंगिक अल्पसंख्यकले फूलका गुच्छा अर्पण गरेका थिए । भूकम्प गएको एकबर्ष पुग्दा पनि पीडितले राहत पाउन नसकेकोमा सांकेतिक बिरोध स्वरुप समलिंगी तेस्रोलिंगी सहित सहभागीहरुले कालो कपडा लगाएका थिए ।

एक बर्षअघि बैशाख १२ गते यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले एक जना सदस्य, एक जना कर्मचारी र एक जना कर्मचारीका अभिभावक गुमाउनु परेको थियो । महाभूकम्पमा २ सय भन्दा धेरै समलिंगी तेस्रोलिंगी अन्तरलिंगी दुईलिंगी व्यक्ति पीडित भएका थिए । उनीहरुलाई नील हिरा समाजले संस्थागत रुपमा राहत रकम वितरण गरिसकेको छ ।
बसन्तपुर दरबार क्षेत्रमा सरसफाइ
Pinkiस्मृति एवं श्रद्धाञ्जली सभापछि यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले बसन्तपुर क्षेत्रमा सरसफाइ गरेका छन् । भूकम्पमा दिवंगत हुनेहरूको सम्झनामा स्मृति सभासँगै सरसफाइ कार्यक्रम पनि गर्ने नयाँ शक्ति नेपालको निर्णय अनुसार शनिबारको सरसफाइ कार्यक्रम आज आइतबार गरिएको नयाँ शक्ति नेपालकी अन्तरिम केन्द्रिय परिषद सदस्य समेत रहेकी नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले जानकारी दिइन ।

TGबसन्तपुरस्थित जुद्ध शालिक आगाडी स्मृति सभा सम्पन्न गरि त्यहाँबाटै सरसफाइ सुरू गरिएको थियो । सरसफाइमा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यको उल्लेख्य उपस्थिति थियो ।

समाचार शेयर गर्नुहोस्
739
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.