सुशीलालाई घरपरिवार, आफन्त सबैले स्वीकार गर्नु धेरैका लागि उदाहरण

सुशीलालाई घरपरिवार, आफन्त सबैले स्वीकार गर्नु धेरैका लागि उदाहरण

काभ्रे (पहिचान) बैशाख १३ – तेस्रोलिंगी अधिकारकर्मी सुशीला लामालाई मातृ शोक परेको छ । सुशीलाकी ४७ बर्षिया आमा गोमा तामाङको काभ्रेको शंखुपाटीचौर ५ एक्लेखेतमा निधन भएको हो । भुकम्पका कारण आफ्नो घर भत्केकाले माइतीमा बस्दै आउनु भएकी गोमाको जण्डिस लगायतका स्वास्थ्य समस्याका कारण निधन भएको परिवारले वताएका छन् ।

Sushila 2यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायको मातृ संस्था नील हिरा समाजले संस्थागत रुपमा एक्लेखेत पुगेर मृत आत्माको चिर शान्तिको कामना र शोकमा रहेका परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस भनेर कामना गरेको छ । समाजकी अध्यक्ष पिंकी गुरुङ, कार्यकारी निर्देशक मनिषा ढकाल सहितको टोलीले सुशीलाको परिवार बस्दै आएको गोमाको माइती निवासमा पुगेर श्रद्धाञ्जली अर्पण गरेको हो । गोमाका तीन सन्तान मध्ये सुशीला जेठी हुन् । उनका एक बहिनी र एक भाइ छन् ।

सुशीला जन्मदा छोरा हुन्, तर अहिले उनी महिला गेटअपमा छिन् । उनी तेस्रोलिंगी महिला हुन् । उनलाई परिवारले सहर्ष स्वीकार गरेको पाउँदा यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायका सदस्यले खुशी व्यक्त गरे । समलिंगी तेस्रोलिंगी अन्तरलिंगी र दुईलिंगी समूदायका व्यक्तिलाई जन्म दिने आमा र जन्मन अधिकार दिने बाबुले स्वीकार नगरिरहेको अबस्थामा सुशीलालाई घरपरिवार, आफन्त सबैले स्वीकार गर्नु धेरैका लागि उदाहरण हुने सुशीलाको घर पुगेका समूदायका सदस्यले वताए ।

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.