“अब नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा एकजना तेस्रोलिंगी पनि हुन्छ”

“अब नेपाल विद्यार्थी संघको केन्द्रीय समितिमा एकजना तेस्रोलिंगी पनि हुन्छ”

957
SHARES

काठमाडौं (पहिचान) बैशाख १४ – नेपाल विद्यार्थी संघका प्रवक्ता युपी लामिछानेले नेपाल विद्यार्थी संघको नयाँ महाधिवेशनपछि केन्द्रीय समितिमा एकजना तेस्रोलिंगी पनि केन्द्रीय सदस्य हुने बताएका छन् । यौनिक तथा लैंगिक अल्पंख्यकको अवाज रेडियो कार्यक्रम पहिचानसँग कुरा गर्दै प्रवक्ता लामिछानेले नेविसंघकले अधिवेशन पछि संविधानले भनेका सबै समुदाय समावेश हुने बताए ।
‘हामीले अघिल्लो पटक महाधिवेशनको तयारी गर्दा नैं केन्द्रीय समितिमा तेस्रोलिंगीलाई पनि समावेस गर्ने गरी विधान संशोधन गरिसकेका छौं’ लामिछानेले भने, ‘दुर्भाग्यवस त्यसवेला अधिवेशन हुन सकेन, अब हुने अधिवेशनले त्यसको कार्यान्वयन गर्नेछ ।’ उनले यौनिक तथा लैंगिक अल्पसंख्यकहरु पनि समाजकै उत्पादन भएको भन्दै उनीहरुलाई नसमेट्दासम्म समाजको पुरा ऐना नदेखिने बताए ।
‘तेस्रोलिंगी मात्र हैन लिंग, भूगोल, धर्म र जातका आधारमा कसैले पनि आफू छुटेको महसुस गर्नुपर्ने छैन’ उनले भने । लामिछानेले अरुले गरिदेला भनेर बसे कहिलै पनि समुदायको हित हुन नसक्ने भन्दै राजनीतिक सामाजिक गतिविधिमा क्रियाशीलता देखाउन सुझाव दिए ।
‘एक पटकका लागि त नेविसंघले समलिंगी तेस्रोलिंगीलाई प्रतिनिधि नैं नआएका भए पनि मनोनित प्रतिनिधि मार्फत केन्द्रीय समितिमा लैजान्छ’, उनले भने, ‘तर पटक पटक त्यही कुरा संभव नहुने भएकाले समुदाय अर्को पटकका लागि कम्पिटेन्ट भएर बस्न आवस्यक छ ।’ उनले आरक्षण भनेको सधैका लागि नहुने भएकाले आरक्षण्को सुविधा लिने व्यक्तिले विशेष ध्यान पुर्याउनपर्ने बताए ।

समाचार शेयर गर्नुहोस्
957
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.