नेपालका अन्तरलिंगी ब्यक्तिहरूको कथा

नेपालका अन्तरलिंगी ब्यक्तिहरूको कथा

काठमाडौ/पहिचान – मेरो नाम चाइना चौधरी हो | मेरो जन्म २०४० सालमा भएको हो | म जन्मिदा छोरी नै भएर जन्मेको थिए | मलाई नै छोरी भनेर नै हुर्काएको थियो | म १२ वर्ष को भएपछी मेरो शारीरिक विकास अरुको जस्तो भएन | मेरो लैंगिक पहिचान फरक हुँदा मलाई घरबाट निकालीदियो | म अरुको घरमा बसेर काम गर्न थालें | 

त्यहाँ मेरो खुट्टा भाँचियो | खुट्टा भाँचिए पछि मलाई त्यहाँ बाट पनि निकालिदियो मेरो खुट्टाको उपचार कसैले गरिदिएन | म घर फर्किदा मेरो वास्ता गरेन मैले काम गरेको थोरै पैसा थियो त्यहिँ पैसाले मैले खुट्टा को उपचार गरें त्यो समय मलाई साह्रै दुख भयो | एकातिर मेरो खुट्टा भाँचिएको थियो भने अर्कोतिर मेरो ख्याल गर्ने मान्छे कोहि थिएन |

यति सम्मकी मलाई खाना पनि कसैले दिदैनथ्यो | बिस्तारै मेरो खुट्टा निको भयो | म काम गर्नसक्ने भएँ | मेरो यौनाङ्ग महिलाको नै थियो तर मा हुर्किने बेलमा मेरो महिलाको जस्तो स्तन को विकास भएन | म बालिका भएर जन्मेको थिए तर त्यस्तो शारीरिक विकास नहुँदा मलाई समाजमा सबैले हिजडा ,छक्का भनेर जिस्काउने गर्दथे |

मैले काम गर्ने ठाउँमा पनि साह्रै अपमान सहनु पर्यो | त्यसपछि मैले काम गरेर अलिकति पैसा जम्मा गरें र मैले आफ्नो स्वास्थ्य को जांच गराउन गएँ | मैले मेरो शरीर को चेक जांच गराउँदा डाक्टरले मेरो पाठेघर छैन भन्यो | मलाई सारै तनाव भयो | मेरो आफ्नो भन्नु कोहि थिएन | मलाई सबैले हेला गर्थे | बिस्तारै आफुले आफैलाई सम्हाल्दै गएँ |

मैले सारै दुख पाइराखेको थिएँ त्यहिँ समयमा मलाई तपाईहरुजस्ताको लागि काम गर्ने संस्था छ भन्यो र मलाई त्यहाँ लाग्यो र मलाई त्यहाँ काम दियो मलाई अलि सहज भयो | मैले त्यहाँ सबै साथीहरु लाई भेटें खुशी लाग्यो | मैले आफ्नो परिवार भेटेको महशुस गरें | हाल पनि मा त्यहिँ काम गरिराखेको छु |

अरु थप कथा पढ्नका लागि तलको लिंक क्लिक गर्नुहोला :

https://pahichan.com/np/wp-content/uploads/2016/04/Dual-Language-Intersex-StoriesStandard.pdf

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.