निर्वाचन

प्रतिनिधि सभा निर्वाचन २०८२

यौनकर्मीको आरोपमा दुई जना तेस्रोलिंगी पक्राउ, अन्याय भएको अध्यक्ष गुरुङको भनाई

यौनकर्मीको आरोपमा दुई जना तेस्रोलिंगी पक्राउ, अन्याय भएको अध्यक्ष गुरुङको भनाई

1.1k
SHARES

काठमाडौं (पहिचान) बैशाख १५ – महानगरिय प्रहरी वृत्त महाराजगंजको टोलीले दुई जना तेस्रोलिंगीलाई पक्रेको छ । तेस्रोलिंगी सहकर्मी करुणा नेपाललाई भेट्न गएका तेस्रोलिंगी शिला र चन्चली पक्राउ परेका हुन् । म खाना खाँदै थिए, शिला र चन्चली गफ गरेर बसेका थिए प्रत्यक्षदर्शी तेस्रोलिंगी करुणाले भनिन्, तिमिहरु बाहिर आउँ त भने, उनीहरुले किन आउँनु भनेर जवाफ फर्काए लगत्तै हात समातेर दुवै जनालाई लगे ।

करुणाका अनुसार बाहिर लगेर प्रहरीले भ्यानमा हालेपछि मात्रै उनीहरु प्रहरी भएको थाहा पाएछन् । दुवैले आफूहरुलाई प्रहरीले पक्रेको र आउनु भनेपछि आफू प्रहरी वृत्त महाराजगंज गएको तर भेट्न समेत नदिएको करुणाले वताइन । प्रहरी वृत्त महाराजगंजका प्रहरी नायव उपरिक्षक विश्वमणी पोखरेलको कमाण्डमा ग्राहक बनेर गएका प्रहरी निरीक्षक कमल पण्डित सहितको टोलीले नयाँबसपार्क क्षेत्रका होटलमा छापा मारेर दुई जना तेस्रोलिंगी र २८ जना यौनकर्मी महिलालाई पक्राउ गरेको पोखरेलले वताए ।

पहिचान अनलाइनसँग कुरागर्दै पोखरेलले यौनधन्दा गर्दा गर्दै पक्राउ परेका दुई जना तेस्रोलिंगी र २८ जना यौनकर्मी महिला विरुद्ध सार्वजनिक अपराध ऐन अन्तर्गत म्याद थप गरेर अनुशन्धान भइरहेको जानकारी दिए । समलिंगी तेस्रोलिंगी समूदायको मातृ संस्था नील हिरा समाजको शाखा कार्यालय धनगढीका फिल्ड अफिसर करुणा नेपालले भने अरु महिलालाई रंगे हात पक्राउ गरेको तर तेस्रोलिंगी शिला र चन्चलीलाई आफूसँग कुरा गरिरहँदा पक्रेर लगेको वताइन ।

नील हिरा समाजकी अध्यक्ष पिंकी गुरुङले अपराधलाई प्रश्रय दिने काम कहिल्यै नगरेको तर विना प्रमाण तेस्रोलिंगी भएकै कारण पक्राउ गर्नु मानवअधिकार विरुद्धको काम भएको वताइन । अपराधमा संलग्न तेस्रोलिंगीलाई कारवाही गर्न प्रहरीलाई सहयोग गर्दै आएका छौ र केही तेस्रोलिंगी कारवाहीमा पनि परेका छन् अध्यक्ष गुरुङले भनिन्, विना प्रमाण तेस्रोलिंगी भएकै आधारमा पक्राउ गर्नु मानवअधिकार विरुद्धको काम हो । उनले अपराध नियण्त्रणको नाममा साथी भेट्न गएका तेस्रोलिंगीलाई कुराकानी गरिरहेकै अबस्थामा पक्राउ गरेर सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्धा चलाउन न्यायपूर्ण नभएको वताइन । तेस्रोलिंगी देख्ने वित्तिकै पक्रने र यौनकर्मीको विल्ला लगाएर मुद्धा चलाउने काम प्रति अध्यक्ष गुरुङले खेद व्यक्त गरिन् ।

काठमाडौंका प्रमूख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले तेस्रोलिंगी भएकै आधारमा पक्रने कानुन नभएको प्रष्ट पारे । तेस्रोलिंगीलाई के कारणले पक्राउ गरिएको रहेछ म कहाँ आएपछि सोधौला ? पहिचान अनलाइनसँग कुरागर्दै प्रजिअ सुवेदीले भने, तेस्रोलिंगी भएकै आधारमा पक्रने कानुन पनि छैन नीति पनि छैन । उनले कसैलाई पनि पूर्वाग्रह राखेर पक्राउ नगरेको पनि प्रष्ट पारे ।

समाचार शेयर गर्नुहोस्
1.1k
SHARES

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.