“फरक नजरले नहेरौं, हामी सबै समान हौं”

“फरक नजरले नहेरौं, हामी सबै समान हौं”

काठमाडौं (पहिचान) बैशाख १९ – गायक शिशिर योगीले यौनिक तथा लैंगिक अल्पसंख्यक समूदायलाई फरक दृष्टिकोणले हेर्नु आवश्यक नरहेको बताएका छन् । समलिंगी तेस्रोलिंगी पनि प्रकृतिको एउटा रुप भएकाले समान्य रुपमा लिनुपर्नेमा उनको जोड छ ।
समलिंगी तेस्रोलिंगीलाई अझै पनि बुझ्नेको संख्या धेरै नभएको गायक योगिले बताए । “समलिंगी तेस्रोलिंगीलाई सबै नागरिकले स्पष्ट रुपमा बुझेका छैनन् । अल्प बुझाई र सामाजिक परम्परा अनुसार अरुले कस्तो व्यबहार गर्यो त्यस्तै व्यबहार हुँदै आएका कारण विभेद भएको हो ।” योगीले भने । महिला पुरुष सरह सबैले समलिंगी तेस्रोलिंगीलाई बुझ्न थालेपछि अहिले हुँदै आएको विभेद स्वत अन्त्य हुने गायक योगीले बताए ।
आँफूले व्यक्तिगत रुपमा कहिले पनि समलिंगी तेस्रोलिंगीलाई विभेद नगरेको भन्दै उनले आफूले यो समूदायको अधिकारका लागि सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । आफू संधै चेतना र राष्ट्रियताका गीत गाउने गायक भएको भन्दै उनले समलिंगी तेस्रोलिंगीको अधिकारका लागि पनि गीतहरु भएको खण्डमा राम्रो हुने धारणा राखे ।
अधिकारका लागि संधै संघर्ष नै गर्नु परेको इतिहास रहेको प्रसंग कोट्याउँदै उनले अधिकार प्राप्तिको जारी अभियानलाई निरन्तरता दिन नील हिरा समाजसँग आग्रह गरे । अधिकार प्राप्तिका लागि सचेत भएर लाग्नु पर्नेमा जोड दिएका गायक योगीले अधिकारसँगै आफ्नो कर्तब्य पनि नभूल्न सुझाव दिए ।
अधिकार मागिरहेको समयमा आफैबाट कमजोरी भए अधिकार दिने सरोकारवाला पक्षले औंला उठाउन सक्ने भएकाले हमेशा सचेत हुनु पर्ने उनको भनाइ छ ।
संविधानमा उल्लेख हुँदैमा अधिकार कार्यान्नवयन भइगयो भन्ने नसोच्न आग्रह गर्दै उनले त्यसको कार्यान्वयनका लागि खबरदारी गर्न पनि सुझाए । संविधान तथा कानुनमा राम्रा कुरा उल्लेख भएपनि त्यसको कार्यान्वयन नभएको नेपालमा प्रसस्तै उदाहरण रहेको उनले स्मरण समेत गराए ।
चेतनाको विकाससँगै समाज समातामुलक हुने र सबै नागरिकले समानतापूर्वक बाच्न पाउनसक्ने वातावरण बन्ने भएकाले समाजिक चेतनाको विकासमा जोड दिनुपर्नेमा उनको जोड छ ।
चेतना, विकास र राष्ट्रियताका गीत गाउन माहिर गायक योगी पछिल्लो समय वर्तमान खराव राजनीतिक परिवेश र चरित्रलाई खबरदारी गर्ने उद्देश्यले शान नामक एल्बमको अन्तिम तयारीमा छन् ।

समाचार शेयर गर्नुहोस्

"पहिचानमा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।"

प्रतिक्रिया दिनुहोस्
ताजा अपडेट
थप समाचार

Copyright © All right reserved to pahichan.com Site By: Sobij.